• Saturday, April 19, 2025

एसएलसी दिने विद्यार्थीका लागि भिडियोमा पाठ्यक्रम

 nepali stu

भक्तपुर, ७ फागुन । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी दिने विद्यार्थीका लागि छवटा विषयको पुस्तकको अडियो भिडियो बनाएर विद्यालयलाई वितरण गर्ने भएको छ ।

एसएलसी दिने विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयका पाठलाई अडियो, भिडियो बनाएर रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रसारण गर्र्दै आएको केन्द्रले आगामी वर्षका लागि भने सबै विषयको अडियो भिडियो सामग्री तयार पार्ने भएको हो ।

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले कक्षा १० को अङ्ग्रेजी, विज्ञान, गणित, नेपाली, सामाजिक, जनसङ्ख्या तथा वातावरण विषयका सबै पाठको अडियो, भिडियो बनाएर सिडीमार्फत सबै सामुदायिक विद्यालयलाई वितरण गर्ने बताउनुभयो ।

केन्द्रले यसका लागि कुन कुन पाठलाई कसरी सामग्री तयार गर्ने भन्नेबारेमा नक्साङ्कन भइरहेको बताउँदै उहाँले शैक्षिक सत्र २०७४ देखि यसलाई विद्यालयमा पु¥याउने गरी प्रारम्भिक काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक गौतमले भन्नुभयो ˗ “विद्यालयलाई छवटा विषयको सबै पाठको अडियो भिडियो सामग्री तयार पारेर दिएपछि विद्यालयमा शिक्षक नआउँदा र पुस्तक विद्यालयमा नपुुगे पनि यसैबाट अध्यापन गराउन सकिन्छ, यो धेरै उपलब्धिमूलक हुन्छ ।”

कक्षामा शिक्षक नआउँदा, शिक्षक नियुक्तिमा ढिलाइ हँुदा, शिक्षकको अभाव हँुदा, पुस्तक नपुग्दा यो उपयोगी हुनेछ । प्रत्येक विद्यालयमा कम्प्युटरसहितको आइसिटी ल्याब पुगिसकेको अवस्थामा अडियो, भिडियोमार्फत विद्यार्थीलाई पाठ सिकाउन सकिन्छ भने विद्यार्थी आफैँले पनि यस्ता सामग्रीलाई घरमा लगेर स्वअध्ययन गर्न सक्ने उहाँको भनाइ छ ।

यो सामग्रीलाई पुस्तकको विकल्पका रुपमा समेत विद्यालय एवम् विद्यार्थीले प्रयोगमा ल्याउन सक्नेछन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter