खुला मञ्चमा ‘बेसमेन्ट पार्किङ’सँगै जोडी भूमिगत मार्ग

 ratna park

 

(शर्मिला पाठक)

काठमाडौँ । काठमाडौँको खुला मञ्चमा निर्माण हुन लागेको ‘बेसमेन्ट पार्किङ’सँगै जोडी भूमिगत मार्ग पनि निर्माण हुने भएको छ ।

यो देशकै ठूलो भूमिगत मार्ग हुनेछ । करिब एक महिनादेखि खुला मञ्चमा बेसमेन्ट पार्किङका लागि असम्भाव्यता अध्ययनको काम भइरहेको छ । सोही अध्ययनसँगै भूमिगत मार्ग निर्माणको अध्ययनको काम भइरहेको महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो ।

खुला मञ्चदेखि नयाँ सडक, बागबजार तथा पुरानो बसपार्क छुने भूमिगत मार्ग निर्माण हुने छ । अधिकारीका अनुसार सर्वसाधारणले खुला मञ्चमा मोटर पार्किङ गरेर नयाँ सडक, बागबजार तथा बसपार्कसम्म जाने नागरिकलाई सहज होस् भन्ने उद्देश्यले सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । पैदलयात्रीले पनि भूमिगत मार्ग प्रयोग गरेर ओहोरदोहोर गर्न सक्ने जनाइएको छ । काठमाडौँं उपत्यकाको पार्किङको समस्यालाई ध्यानमा राखी बेसमेन्ट पार्किङ बनाउन लागेको बताइएको छ ।
निर्माणपछि भूमिगत मार्ग दायाँबायाँको भाग भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न दिइने छ । बेसमेन्ट पार्किङको सम्भाव्यता अध्ययन भइरहेको छ । अबको एक महिनामा अध्ययनको परिणाम आउने छ । अध्ययनको जिम्मा नेस्ट प्रालिले लिएको छ । प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान गरिने बताइएको छ ।

अधिकारीका अनुसार ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो पार्किङस्थल दुई तलाको हुनेछ । अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएसँगै बेसमेन्ट पार्किङ बनाउन लागिएको हो । खुलामञ्चमा पार्किङ स्थल बनेपछि बसपार्क, नयाँ सडक तथा जमलका सडकमा अव्यवस्थित सवारी पार्किङ गर्ने समस्या हट्ने विश्वास महानगरले लिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter