कालीगण्डकी करिडोरको काम तीव्र

 kaligndki

 

बागलुङ, १४ फागुन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ ।

नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार दोस्रो सातादेखि जिल्लाको मालढङ्गा–टाकुरी खण्डमा सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले काम सुरु गरेको हो । साढे १३ किलोमिटरको उक्त खण्डमा ९० प्रतिशत काम पूरा भइसकेको कार्यदलले जनाएको छ ।

कालीगण्डकी करिडोरको आयोजना कार्यालयमार्फत् समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । आगामी जेठ १५ गतेभित्र मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । “जेठभित्रमा यो खण्डमा यातायात सञ्चालन हुन्छ, सडक निर्माणको काम तीव्र रुपमा अघि बढेको छ” उहाँले भन्नुभयो ।

विषम परिस्थिति, विकट भूगोल र प्रतिकूल मौसममा सेनाले काम अघि बढाएको भट्टराईको भनाइ छ । इन्धनको चरम सङ्कटमा पनि करिडोरको निर्माण कार्य हुँदै आएको छ । मालढुङ्गा–टाकुरी खण्डको काम पूरा भएपछि चालु आवको लक्ष्य पूरा हुने छ । टाकुरीदेखि बागलुङ–गुल्मीको सीमामा रहेको पालुङखोलासम्मको सडक निर्माणको जिम्मा पनि नेपाली सेनाले लिने भएको छ । सो खण्डको काम सुरु गर्न प्रक्रिया अघि बढेको र बजेटको अख्तियारी आउन बाँकी रहेको प्रमुख सेनानी भट्टराईले बताउनुभयो ।

यसअघि गुल्मीको रिडीदेखि पालुङखोलासम्मको ४२ किलोमिटर सडकको मार्ग खोल्ने काम पनि नेपाली सेनाले गरेको हो । टाकुरी–पालुङखोला सडक आगामी २०७३ चैतभित्र पूरा गर्ने लक्ष्य छ । उक्त खण्ड सुचारु भएमा गुल्मी–बागलुङ–जोमसोम १६४ किलोमिटर सिधा यातायात चल्ने छ ।

“सरकार र नेपाली सेनाको नीति निर्देशनअनुसार हामी कार्यक्षेत्रमा खट्न तयार छाँैं, निर्दिष्ट लक्ष्य हाँसिल गरेरै छोड्छाँैं’ उहाँले भन्नुभयो । नेपाली सेनाले जोखिमपूर्ण ठाउँमा पनि सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । कडा चट्टानयुक्त पडाड छिचोलेर सडक बनाउन विस्फोटक पदार्थ समेत प्रयोग गर्ने गरिएको छ ।

कालीगण्डकी करिडोरमै पर्ने बेनी–जोमसोम खण्ड सेनाले जिम्मा लिई २०६४ सालमै पूरा गरिसकेको छ । गुल्मी–बागलुङ सडकखण्डमा सेनाले जिम्मा लिएको सडक निर्माणका लागि सरकारले हालसम्म रु ५६ करोड ६४ लाख विनियोजन गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माण सरकारको पहिलो प्राथमिकतामा रहँदै आएको छ ।

दक्षिण भारतको सुनौलीदेखि उत्तर चीनको कोरलालाई जोड्ने करिब ४३५ किलोमिटर कालीगण्डकी करिडोरलाई सबैभन्दा छोटो मार्गको रुपमा लिइएको छ । बागलुङ खण्डमापर्ने करिब ३५ किलोमिटर सडकको निर्माण पूरा भएमा कालीगण्डकी करिडोरको मार्ग पूर्णरुपमा खुल्ने बताइएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter