गुरुङ संस्कृति अनुसन्धान–अवलोकनको आकर्षण बन्दै सङ्ग्रहालय

 gurung culture

 

(वासुदेव पौडेल)

पोखरा, १६ फागुन । कास्कीको पर्यटकीय गाउँमा सञ्चालित ‘सिक्लेस इको–म्युजियम’ गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्राचीन गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसितसङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि निकै उपयोगी बन्दै गएको छ । सङ्ग्रहालयकै अवलोकनका लागि दैनिक रुपमा पोखरा हुँदै आउने स्वदेशी तथा विदेशी पर्यटकका कारण यहाँको जनजीवनमा पनि महत्वपूर्ण प्रभाव पारेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषबाट निर्माण गरी समुदायमा हस्तान्तरण गरी सञ्चालिते म्युजियममा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी समेतको अध्ययनका लागि स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अनुसन्धाता आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय सिक्लेसका कृषि सहायक जगन्नाथ यादव बताउनुहुन्छ ।

यादवका अनुसार सिक्लेस आउने पर्यटकले यस क्षेत्रमा पदयात्राका साथै सङ्ग्रहालयको अवलोकनलाई पनि उच्च प्राथमिकता दिने गरेका छन् । सङ्ग्रहालयभित्र सिक्लेस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी कुट्को, कुरिलो, सतुवा, विष, नीलोविष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बा आदिका सम्बन्धमा जानकारी लिन एवम् अवलोकन गर्न सकिन्छ । सङ्ग्रहालयमा गुरुङ संस्कृतिका वेशभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत कास्कीका पार्चे, सिल्दजुरे, नामार्जुङ, थुमाको डाँडा, सैमराङ, भाचोक र मिजुरेमा पर्यावरणको संरक्षण लगायत क्षेत्रमा काम हुँदै आएको आयोजनाका लेखा प्रमुख प्रणय राणाले जानकारी दिनुभयो ।

विसं २०७० देखि पूर्ण रुपमा सञ्चालित सङ्ग्रहालय हेर्न अघिल्लो वर्ष २३७ विदेशी पर्यटक पुगेका थिए । अघिल्लो वर्ष ९३० जना सर्वसाधारण नेपाली पर्यटकले सङ्ग्रहालयको अवलोकन गरे भने विभिन्न शैक्षिक संस्थाबाट ३१७ विद्यार्थीले अवलोकन गरेको कार्यालयले जनाएको छ ।

यस वर्ष माघ मसान्तसम्म विदेशी पर्यटक १२३, सर्वसाधारण ५४२ र विद्यार्थी ४७१ सङ्ग्रहालयको अवलोकनका लागि पुगेका छन् । तिनका लागि क्रमशः रु १००, ४० र २० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङका अनुसार सङ्ग्रहालयभित्र गुरुङ जातिका धेरै लोपोन्मुख संस्कृति तथा सामग्री हेर्न पाइन्छ । गुरुङ जातिको लोपोन्मुख संस्कृति र संस्कार बचाइराख्न पनि सङ्ग्रहालय निकै उपयोगी बनेको उहाँले बताउनुभयो । गुरुङ संस्कार तथा संस्कृतिका महत्वपूर्ण सामग्रीले त्यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने गरेको छ । सङ्ग्रहालय प्रवेश गर्नेबित्तिकै देख्न पाइने गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमाले जो कोहीलाई लोभ्याउने गर्छ ।

सिक्लेस नै जन्मस्थान भएका कलाकार दलबहादुर गुरुङले धर्मगुरुको प्रतिमा तयार गर्नुभएको हो । “सङ्ग्रहालयभित्र गुरुङ समुदायमा प्राचीनकालमा प्रयोग गर्ने गरिएको भाँडाकुँडा तथा विभिन्न सामग्रीका साथै संस्कृति झल्काउने सामग्री स्वदेशी तथा विदेशी पर्यटकले निकै अभिरुचिपूर्वक हेर्ने गरेका छन्”–सचिव गुरुङले भन्नुभयो

पोखराको काहुँखोलाबाट लगभग ४० किमीको दूरीमा रहेको सिक्लेसमा यातायातको साधनबाट ढाँडबेसी, काभ्रेखोला, छाचोक, मेल्वो, थाक, तप्राङ, चिप्ली, खिलाङ र पार्चे हुँदै पुग्न सकिन्छ ।  रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter