मौरी पालेर मासिक बीस हजार आम्दानी

World

 

फलेवास (पर्वत), २७ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ ।

विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गर्नुभएको छ ।

जिल्लास्थित विभिन्न सङ्घसस्थाबाट तालिम लिएपछि आफू मौरीपालनतर्फ लागेको आचार्यले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयबाट मौरीपालन व्यवसायका लागि रु एक लाख ८० हजार अनुदान पाएपछि उहाँ झन् आकर्षित भएर मौरीपालन व्यवसायमा लागेको बताउनुहुन्छ । एउटा घारबाट वार्षिक १० किलोसम्म मह निकालेर प्रतिकिलो रु दुई हजारले बिक्री गर्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

जिल्लाका लेखफाँट र सालिजा गाविसका अन्य किसानलाई पनि मौरीपालन गरेर आत्मनिर्भर बन्न आफूले सुझाएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अहिले लेखफाँट र सालिजा गाविसका झन्डै ५० घरधुरीहरु मौरीपालनतर्फ लागेका छन् । कृषक आचार्यलाई अहिले मौरीका लागि गाउँलेलाई आवश्यक परार्मश दिन, रानीमौरी तथा अन्य मौरी तयार गर्न भ्याइनभ्याइ छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter