• Sunday, June 15, 2025

इजरायलको सीपले बनायो व्यवसायी किसान

agricultureकावासोती, ९ वैशाख । विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ ? घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने । तर योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने ।

साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल गएका यी ३१ वर्षीय युवा घर आएपछि पनि त्यत्तिकै बसेका छैनन् । इजरायलमा सिकेको कृषिको सीपलाई नेपाली माटोमा प्रयोग गरेर काम गरिरहेका छन् ।

विदेशको कमाईले गोछडामा प्रतिकट्ठा वार्षिक दुई हजारका दरले भाडामा १५ कट्ठा जग्गा लिएर उनले त्यहाँ मौसमी र बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । खाडी मुलुकमा समेत थोपा सिँचाइबाट कृषिमा भएको उन्नतिले गर्दा मलाई घर फर्केपछि पनि काम नगरी बस्नै मन लागेन । उहाँले भन्नुभयो, “इजरायलको कृषि आधुनिकीकरणले मेरो मन छोयो ।”

विदेशमा सिकेको सीप युवाले प्रयोग नगरे कसले गर्छ भन्ने कुराले उनलाई घच्घच्याउँदै कृषिमा लाग्न प्रेरित ग¥यो । जग्गा भाडामा लिएदेखि माटोको परीक्षण गरी उर्वरा शक्ति बढाएर उनले बारीमा ड्याङ लगाएर करेला, गोलभँेडा, काँक्रो, फर्सी, घिराँैला लगायतका तरकारी लटरम्म फलाएका छन् । कृषिले नै दिगो रोजगार हुने बुझाइ भएकाले नै तरकारीखेतीमा लागेको दामोदर लामिछानेले बताए ।

तरकारीखेतीले राम्रो आम्दानी दिने भएपनि सिँचाइका लागि बोरिङ अनि आवश्यक मजदुरको समस्याले भने उनलाई सताउने गरेको छ । दैनिक सात÷आठ सय रुपैयाँ दिँदा पनि काम गर्ने मजदुर नपाउँदा भने काममा चुनौती हुने गरेको उनले बताए । युवा खाली बस्न तयार हुने तर कृषि काम गर्न हिम्मत नगर्दा मजदुरको अभाव भएको हो । उनले भने, “विदेशमा जे काम गर्न पनि तयार हुने हामी घर आउँदा लाहुरे हुने समस्या छ ।”

अहिले उनको बारीमा नौ सय बोटमा नौ क्विन्टल गोडभेँडा छ । तर बजारको दर भाउले उनलाई पाकेका गोडभेँडा टिपुँ कि नटिपँुको अवस्थामा पु¥याएको छ । सरकार र समाजका कारण बजारीकरणको समस्याले पिरोल्ने भए पनि हरेस नखाएर काममा लागेको उनले बताए ।

विदेशको सीप र स्वदेशमा प्रयोग गर्ने युवालाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्दा मुलुकले आर्थिक विकास गर्ने मात्रै होइन युवालाई पनि स्वरोजगार बनाउँछ । त्यसैले कृषि उद्यममा लागेका युवाको कामलाई सहयोग पु¥याउन जरुरी भएको युवा उद्यमी विक्रम पाण्डे बताउछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter