इन्द्रेणी तालको पुनःनिर्माण सुरु

Lakeदमक, ९ वैशाख । झापाको दमक–१९ मा रहेको इन्द्रेणीताल सिमसार क्षेत्रको संरक्षण तथा पुनःनिर्माणको काम पुनः थालिएको छ ।

केही समयअगाडिसम्म पनि पूर्वमा नै निकै चर्चा पाएको यस इन्द्रेणीताल सिमसार क्षेत्रको उचित संरक्षण तथा प्रवद्र्धन गर्न स्थानीयवासीले चासो देखाएका हुन् । यस वर्ष सिमसारको दिगो विकासका लागि पहिलो चरणमा पूर्वाधार विकासको काम सुरु गरिएको इन्द्रेणीताल सिमसार संरक्षण समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिनुभयो ।

समितिले पहिलो चरणमा दमक नगरपालिकाको रु पाँच लाख रुपैयाँको बजेटबाट ताल तथा सिमसार क्षेत्रको पूर्वाधार विकासका लागि ताल परिसरमा बाटो निर्माणको काम सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वको पर्यटन, प्रवद्र्धनका लागि यस सिमसारको विकासमा लागेका छौँ ।”

समितिको सक्रियतामा सिमसारको क्षेत्र निर्धारण तथा ताल वरिपरिको करिब तीन किलोमिटर बाटो निर्माणको काम सुरु गरिसकेको जनाइएको छ । करिब दुई बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको सो ताललाई दमक नगरकै गहनाका रुपमा विकास गर्ने उद्देश्यका साथ काम थालिएको समितिका सदस्य डिल्लीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले दोस्रो चरणमा विषयगत विशेषज्ञबाट गुरुयोजना बनाएर थप काम अघि बढाइने समेत बताउनुभयो । तालमा नौका विहार तथा माछापालन हँुदै आएको भएपनि पछिल्ला दिनमा यसको उचित संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा पुगेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter