• Sunday, June 15, 2025

उत्पादनको मूल्याङ्कन गरी क्षतिपूर्ति दिन किसानको माग

गोलभेडा खेती : म्याग्दीको पात्लेखेतमा टनेलमा गालेभेडा खेती गर्नुभएकी स्थानीय कृषक नरदेवी शेरपुञ्जा । गाउँमै महिला सहकारी स्थापना भएपछि यहाँका महिलाहरु उत्पादनशील क्षेत्रमा लागेका छन । तस्बिर : कमल खत्री

कास्की, ९ वैशाख । किसानलाई उत्पादन फसल बिमाको व्यवस्था गर्न यहाँका किसानले माग गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीले पोखरामा आयोजना गरेको ‘कास्की जिल्लामा हावाहुरी तथा असिनाले पारेको क्षति’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्ने किसानले त्यस्तो माग गरेका हुन् ।

नेपाल सरकारले बिमाप्रति किसानलाई आकर्षण गरे पनि वर्तमान बिमाले किसानलाई राहत दिन नसकेको उनीहरुको भनाइ थियो ।

“किसानले लगानी गरेर प्रतिफल लिने मुखैमा असिना, हावाहुरीजस्ता दैवी प्रकोपले सखाप पारिदिन्छ,” राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका अध्यक्ष दयाराम न्यौपानेले भन्नुभयो – “अनि बिमा लिन जाँदा लागतको मात्रै कुरा आउँदा किसान अन्यायमा परेका छन् । अब उत्पादन फसल बिमाको व्यवस्था गरियोस् ।”

उत्पादनको मूल्याङ्कन गरी बिमा दिने अभ्यास नभएसम्म किसानलाई बिमा आकर्षण नहुने उहाँको बुझाइ छ ।

गत वर्ष चैतको १४, १५ र १६ गते परेको असिनाले कास्कीमा करिब रु नौ करोड ३० लाख ५१ हजारको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रकम बढ्ने छ । “लेखनाथबाट अझै क्षतिको प्रतिवेदन आएको छैन, कतिपय ठाउँबाट पनि पूरा विवरण आएको छैन,” कोइरालाले भन्नुभयो – “यो क्षतिको विवरण अझै बढ्नेछ ।”

दैवी प्रकोप उद्धार समितिमा राहतका लागि क्षतिको विवरण पेस गरे पनि न्यून राहत आउने गरेको उहाँले बताउनुभयो ।

गत वर्ष बाढीपहिरोले कास्की जिल्लामा करिव रु १६ करोडको क्षति पुगेको थियो । उहाँले भन्नुभयो – “क्षतिको रकम पढाउँदा जम्मा रु चार लाख १३ हजार राहत आयो । यसलाई बाँड्नै गाह्रो भयो ।”

असिना, हावाहुरी, अतिवृष्टि, खण्डवृष्टि, बाढीपहिरो, सुक्खा, खडेरी र बाँदर आतङ्कका कारण यस जिल्लामा किसानले क्षति बेहोर्दै आएको उहाँको भनाइ छ ।

दैवी प्रकोपबाट क्षति पु¥याएमा कृषि बिमामार्फत किसानहरुलाई क्षतिपूर्ति दिने व्यवस्था रहे पनि असिनालाई दैवी प्रकोपमा राखिएको छैन ।

कार्यक्रममा बोल्दै संसद् विकास समिति सभापति रवीन्द्र अधिकारीले किसानका समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “उत्पादन फसल बिमा, कृषि ऋणलाई सरलीकरण र असिनालाई पनि दैवी प्रकोपमा पार्ने काममा लाग्नेछु ।”

उत्पादन फसल बिमा गर्न पहिला पनि बहस भएको तर यो प्रक्रिया महँगो हुने भएकाले रोकिएको उहाँको भनाइ थियो ।

“लागत बिमा कि उत्पादन फसल बिमा भन्नेबारेमा पहिला पनि ठूलो बहस चलेको हो,” उहाँले भन्नुभयो – “उत्पादन फसल बिमा गर्न रकम बढी लाग्ने भएकाले रोकिएको हो । अबको आवदेखि उत्पादन फसल बिमा नै सुरुवात गर्न म पहल गर्दछु ।

पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेतले असिनालाई पनि दैवी प्रकोपमा नराखेसम्म किसानले क्षतिपूर्ति पाउन नसक्ने बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter