• Saturday, May 31, 2025

भू–समाधि चुनौती होइन, अनुसन्धान गर्ने बाटोः कृष्णदास

 krishndasji

पथरी (मोरङ), ९ वैशाख । सिद्धबाबा कृष्णदासजी महाराजले हालैको आफ्नो नौ दिनको भू–समाधिले चिकित्सा विज्ञानलाई थप अनुसन्धान गर्ने बाटो देखाएको बताउनुभएको छ ।

पोखरामा नौ दिनसम्मको लामो समाधि सकेर बुधबार विराटनगर आइपुग्नुभएका कृष्णदासजी महाराजले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “मैले चिकित्सा विज्ञानलाई चुनौती दिएको हैन, थप अनुसन्धानको बाटो देखाइदिएको हुँ, कृष्णदास महाराज सुनसरीको बराहक्षेत्र धाम हिँड्नुभएको हो । उहाँ त्यहीँ बसोबास गर्दै आउनुभएको थियो ।”

उहाँले भौतिक शक्तिभन्दा अध्यात्मिक शक्ति ठूलो भएको बताउँदै आफूले साधनाको अभ्यास गरेको आध्यात्मिक शक्तिले नौ दिनसम्मको समाधि सफल भएको बताउनुभयो । विराटनगर विमानस्थल आईपुग्नुभएका महाराजलाई स्वागत गर्न मोरङका वरिष्ठ उद्योगपति राजेन्द्र राउत, भीम घिमिरे, सांसद पवन शारदा, रमेश राठी, वरिष्ठ समाजसेवी श्याम पौडेललगायत थुप्रै सर्वसाधारणले महाराजको दर्शन गर्नुभएको थियो ।

यसैबीच, इटहरीमा पनि सिद्धबाबा डा कृष्णदासजी महाराजले मेरो भू–समाधि कुनै जादु वा विज्ञानलाई चुनौती नभएर आफूले प्राप्त गरेको ज्ञानका कारणले सम्भव भएको हो भन्नुभयो । उहाँले यति छोटो समयको भू–समाधिको सफलता कुनै आश्चर्य नभएर सामान्य विषय भएको समेत उल्लेख गर्नुभयो ।

उहाँले विश्वका वैज्ञानिक र चिकित्सकले चाहेको अवस्थामा लामो समयसम्म पनि आफू भू–समाधिमा बसेर जीवितै बाहिर आउन सक्ने अभ्यास समेतको अनुभव आफूलाई प्राप्त भइसकेको पनि उल्लेख गर्नुभयो ।

नेपालमा धेरै वर्षअघि देखि नै ऋषिमुनिले तपस्या गरेर ठूलठूला चामत्कारिक कार्य गरिसकेको धार्मिक ग्रन्थमा उल्लेख भएको दृष्टान्त राख्नुहुँदै रामानन्दाचार्य सेवापीठले अहिले पनि त्यसलाई सार्थकतामा रुपान्तरण गरिरहेको हो भन्नुभयो । पोखराको समाधिप्रति देशका धेरै विद्वान राजनेता, वैज्ञानिक, चिकित्सक र सञ्चारकर्मीले पनि बडो अभिरुचिका साथ लिएको पनि उहाँले स्मरण गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter