• Friday, June 13, 2025

इलाममा अदुवाबाट डेढ अर्ब रकम आर्जन

 aduwa

 

इलाम, ११ वैशाख । जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन सय ५० ले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० भित्रिएको छ ।

चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

गत वर्षभन्दा उत्पादन बढेपनि मूल्य घटेकाले आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब बराबरको अदुवा विक्री भएको काफ्ले बताउनुहुन्छ । कार्यालयका अनुसार गतवर्षको तुलनामा अदुवाको मूल्यमा ६२ प्रतिशतले कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आव २०७१÷०७२ मा रु दुई करोड ४५ लाखको ४८ हजार ६५७ किलो अदुवा निकासी भएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter