जनगायकको कथा : ‘डढेलोभित्रका सतिसाल’

Jeevan Sharmaकाठमाडौँ, ३० वैशाख । जनगायक रामेशसहित अन्य गायक, सर्जक र सोसम्बन्धी जानकारको अनुभव समेटिएको वृत्तचित्र ‘डढेलोभित्रका सतिसाल’को छायाङ्कन सकिएको छ ।

‘समाज रूपान्तरणका स्वरहरू’ उपशीर्षक दिइएको ९० मि लामो उक्त वृत्तचित्रमा रामेशलाई केन्द्रविन्दुमा राखिएको छ । उहाँले करिब ५५ वर्ष लामो गायन यात्रा गर्दा भोगेका आरोह–अवरोहलाई वृत्तचित्रले समेटेको छ । रामेशलगायत साथीहरुले गाएको ‘गाउँ गाउँबाट उठ…’, ‘एक जुगमा एक दिन, एकचोटि आउँछ…’, ‘आऊ मिलाऊ हाम्रा हातहरू…’, ‘मेरो प्यारो ओखलढुङ्गा…’, ‘ गाई त बाँध्यौँ ढुङ्ग्रोमा मोही छैन…’, ‘कोही त भने जहाजमा हरर…’ जस्ता गीत जनस्तरमा निकै लोकप्रिय छन् ।

त्यस्तै वृत्तचित्रमा जनसङ्गीतमा लागेका रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माहिला लामा, आभाषदेखि अमृत गुरुङसम्मका कलाकार, गीतकार, सङ्गीतकार, लेखक, विश्लेषक र नेताको अनुभव समेटिएको छ ।

रामेश जन्मेहुर्केको र जनसङ्गीत अभियानमा लागेका स्थान पाल्पा, ओखलढुङ्गा, तेह्रथुम, धरान र काठमाडौँमा गरी २८ दिन लगाएर छायाङ्कन गरिएको हो । यसको प्रथम प्रदर्शन आगामी दसैँ अगाडि हङकङमा गरिनेछ । त्यसपछि नेपालका प्रमुख सहरसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

वृत्तचित्रको निर्देशन चलचित्रकर्मी प्रणय लिम्बू र पत्रकार अनुशील (डम्बरकृष्ण श्रेष्ठ)ले संयुक्त रूपमा गर्नुभएको हो भने छायाङ्कन बाबुराम नेपालीको रहेको छ । सार्थक जनसङ्गीत प्रतिष्ठान नेपालको सहकार्यमा हङकङ हिमायतीले वृत्तचित्र निर्माण गरेको हो ।

प्रतिष्ठानका संयोजक श्याम तमोटले देश विदेशमा हुने च्यारिटी सो र प्रदर्शनीबाट सङ्कलित रकम प्रतिष्ठानको कोषमा जम्मा गर्दै जनसङ्गीतको संरक्षण र प्रवद्र्धनमा खर्च गरिने जानकारी दिनुभयो ।

निर्देशकमध्येका अनुशीलले हरेक राजनीतिक आन्दोलन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसङ्गीतको पाटोको इतिहासलाई नयाँ पुस्तामा उजागर गर्ने उद्देश्यले वृत्तचित्र तयार पारिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter