• Friday, June 13, 2025

नौ हजार मेट्रिक टन माछा उत्पादन

fish

वीरगन्ज, ५ जेठ । पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ ।

सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।

कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ । विगत चार वर्षमा करिब ४१ हेक्टर क्षेत्रफलमा नयाँ माछापोखरी निर्माण भएका छन् ।

आर्थिक वर्ष २०६७÷६८ मा १५ हेक्टर, आव २०६८÷६९ मा ११ हेक्टर, आव २०६९÷७० मा छ हेक्टर र आव २०७०÷७१ मा १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण भएका छन् । माछापोखरी निर्माणका लागि प्रतिहेक्टर रु एक लाखका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ ।

जिल्लामा अहिले ३४० हेक्टरमा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ भने वार्षिक करिब एकहजार ५०० मेट्रिक टन माछा खपत हुने गरेको छ । उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछापालनबाट आत्मनिर्भर भएका छन्, । “अहिले स्वदेशी उत्पादनले जिल्लाको आवश्यकता पुरा गरेको छ ।

यहाँ उत्पादित माछा भारतको सीमावर्ती बजार एव्म पोखरा, मलेखु र काठमाडौँसम्म पुग्ने गरेको छ । उत्पादन अभिवृद्धिका लागि केही किसानलाई माछापोखरीमा अक्सिजन उत्पादन गर्ने एयरेटर मेसिन र दाना उत्पादन गर्ने प्लेटिङ मेसिन निःशुल्क उपलब्ध गराइएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा हाल ८६५ जना कृषकसँग एक हजार ६० वटा पोखरी रहेको बताइएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter