पर्यटन प्रवद्र्धनका लागि मिसन कोरला–२०१६

tourists-visiting-Nepalपोखरा, ८ जेठ । नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ ।

‘मिसन कोरला–२०१६’ भन्ने नाराका साथ गरिन लागेको अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जेठ १३ गते सम्पन्न हुने पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाका अनुसार मिसन कोरला–२०१६ मा पर्यटन सम्बद्ध उद्योग व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता हुनेछ ।

पोखरासहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

पोखरा आउने पर्यटक यहाँबाट उच्च हिमाली शृृङ्खलाको अवलोकन गर्ने उद्देश्यका साथ ऐतिहासिक स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उहाँको भनाइ छ ।

सरकारले समेत २०७३ साललाई घुमफिर वर्षका रुपमा लिएको उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले परिषद्ले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

केही समयअघि व्यवस्थापिका संसदको विकास समितिले कोरला नाकाको स्थलगत अवलोकन गरी सरकारलाई उक्त नाका यथासक्य चाँडो सुचारु गर्ने निर्देशनसहित प्रतिवेदन बुझाएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter