जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौँमा

Climate Changeकाठमाडौँ, १० जेठ । यही जेठ १३ र १४ गते प्राकृत्तिक विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ ।

युरोपेली सङ्घको दक्षिण एसिया प्रतिनिधिमण्डलले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको जोखिम बढेकाले सोको न्यूनीकरणका लागि सम्मेलन आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन), दक्षिण एसियाली अध्ययन केन्द्र र वैकल्पिक विकासका लागि युरोप (डिएआइ युरोप) को सहकार्यमा हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय वक्ताले जलवायु अनुकुलता तथा विपद् जोखिम न्यूनीकरण, प्राकृतिक जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका, दक्षिण एसियाली मुलुकहरूले भोग्दै आएको मुद्दाहरू र उक्त विषयमा युरोपेली सङ्घले खेल्न सक्ने भूमिका विषयमा अनुभव आदान प्रदान गरिने आइयुसिएनले जनाएको छ ।

भौगोलिक बनावटका कारण नेपाललगायत दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको, जनघनत्व बढी भएको र उच्च गरिबी रहेको आइयुसिएनले उल्लेख गरेको छ ।

वातावरणीय अनुकुलन तथा कार्बन उत्सर्जनसम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनका लागि सम्मेलन महत्वपूर्ण हुने आइयुसिएनको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter