• Friday, April 11, 2025

राजनीतिकर्मी जनसेवी र चरित्रवान् भए राजनिति सुध्रिन्छ : वरिष्ठ नेता पौडेल

ram chandra poudelकाठमाडौँ, ११ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित ‘राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ’ विषयक गोष्ठीमा वरिष्ठ नेता पौडेलले जनताले आफ्नो नजिकको नेतालाई राम्रोसँग चिन्ने भएकाले उनीहरुले आफूप्रति आदरभाव उत्पन्न हुने बनाउनुपर्ने बताउनुभयो ।

अहिले नेपालको राजनीति भनेकै सत्ताको लुछाचँुडी, ढाँटछल, गण्डागर्दी र झुटा आश्वासन बाँड्ने कार्यका रुपमा बुझ्न लागिएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिलाई मर्यादाको सीमाभित्र राख्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको विकास र सुधारको अगुवाइ गर्ने राजनीतिक दल र नेता नै पहिला सुध्रिनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “राजनीति माफियावादबाट मुक्त हुनुपर्दछ, सिद्धान्तमा आधारित भई समानता र न्याय दिलाउन सक्ने हुनुपर्दछ ।”

उहाँले मुलुकमा सिद्धान्त काँग्रेसको विजयी भए पनि कार्यकर्ता भने कम्युनिस्टको धेरै हुनुको पछाडि काँग्रेसले आफ्नो मूल्य, मान्यता र योगदानलाई जनताका बीचमा पर्याप्त रुपमा लैजानु नै मुख्य कारण भएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहार जनमैत्री भएमा राजनीतिक क्षेत्रको सम्मान आफैँ बढ्ने बताउनुभयो । “आम जनताको चाहनाअनुसार काम गर्न सके सम्मानित हुन्छ, नसके सम्मान हैन वितृष्णा वा घृणा बढ्छ,” उहाँले भन्नुभयो ।

काँग्रेसकै नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले ठूला सपना बाँड्ने तर पूरा गर्न नसक्ने र सेवाका लागिभन्दा पेसाका लागि राजनीति प्रयोग हुन थालेकाले राजनीतिक क्षेत्रको आलोचना भएको बताउनुभयो । उहाँले काँग्रेसले राजनीतिक मात्रै नभई सामाजिक क्रान्ति पनि गरेको दाबी गर्दै मुलुकमा काँग्रेसकै कारण धेरै परिवर्तन सम्भव भएको तर्क गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, कोषाध्यक्ष सीतादेवी यादव, जीवन परियार, राजनीतिज्ञद्वय नीलाम्वर आचार्य र प्रा कृष्ण खनाल, मधु आचार्यलगायतले राजनीतिलाई सम्मानित बनाउने उपायका बारेमा धारणा राख्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter