• Friday, April 11, 2025

ऊर्जा सङ्कट निवारण कार्यान्वयन गर्ने बजेट ल्याउन इपानको आग्रह

Electricityकाठमाडौँ, ११ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना, २०७२ को तत्काल व्यावहारिक तथा वस्तुनिष्ठ कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

इपानले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरेर कार्ययोजनामा उल्लेख भएका महत्वपूर्ण ९९ वटा बुँदा तत्काल कार्यान्वयनमा लैजान आग्रह गरेको हो । सो कार्ययोजना कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय तथा अत्यावश्यक बजेट व्यवस्था गर्न तथा वर्तमान ऊर्जा सङ्कट निवारण एवम् कानुनी व्यवधान फुकाउन पनि अनुरोध गरेको छ ।

यस्तै, जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्दासमेत प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्था सिर्जना भएको भन्दै इपानका अध्यक्ष खड्गबहादुर विष्टले प्रसारण लाइनको निर्माणलाई द्रुत गतिमा निर्माण सुरु गर्न प्रवद्र्धकको सामूहिक संयन्त्र बनाई प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रसारण लाइन, अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने र विद्युत् व्यापार कम्पनीको गठन एवम् विद्युत् बजार विकृति रोकेर प्रसारण लाइनसम्बन्धी आयोजनालाई उच्च प्राथमिकतामा राखी यसका लागि नदी वेसिन कोरिडोर प्रसारण लाइन, पूर्व–पश्चिम प्रसारण लाइन तथा अन्तरदेशीय आयात, निर्यात प्रसारण लाइनसहितको एकीकृत गुरुयोजना लागू गरी चाँडो कार्यान्वयनमा लैजानसमेत आग्रह गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

भारतसँग भएको विद्युत् व्यापार सम्झौतालाई औपचारिकतामा ल्याउन विद्युत् व्यापार कम्पनी खडा गर्ने एवम् नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग अथवा विकास समिति नभएर सरकारले जो कोहीले पनि जलविद्युत् आयोजना बनाउन चाहेका आयोजना एउटा बेग्लै कम्पनीले निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा अगाडि बढाउन पनि इपानले आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter