पर्यटनबारे विश्वको ध्यानाकर्षण

tourists-visiting-Nepalकाठमाडौँ, १४ जेठ । नेपालको पछिल्लो पर्यटन गतिविधिबारे विश्वको ध्यानाकर्षण भएको छ । हङ्कङमा आयोजित ‘ग्लोबल टुरिजम एन्ड हस्पिटालिटी कन्फेरेन्स’मा सहभागी विभिन्न मुलुकका सरोकारवालाले नेपालको पर्यटन क्षेत्रको समसामयिक अवस्थाबारे जिज्ञासा राख्नुका साथै नेपाल घुम्ने इच्छासमेत व्यक्त गरेका छन् ।

सम्मेलनका क्रममा अधिकांश अन्तर्राष्ट्रिय सहभागीले नेपालको पर्यटनबारे चासो व्यक्त गर्दै भ्रमणको आकाङ्क्षा लिएका सहभागी प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

पाटा नेपाल च्याप्टरअन्तर्गत रहेका विद्यार्थी समूह ‘पाटा नेपाल स्टुडेन्ट च्याप्टर’ले हङ्कङको होटेल आइकनमा यही मे १६ देखि १८ सम्म भएको सम्मेलनमा सहभागिता जनाएको थियो ।

स्कुल अफ होटेल एनड टुरिजम् म्यानेजमेन्टद्वारा आयोजित उक्त सम्मेलनमा नेपालका १४ सहित विश्वका हङ्कङ, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, मकाउ, सिङ्गापुर, अमेरिकालगायत ३० देशका करिब ३०० को सहभागिता थियो ।

अधिकृत बुडालसहित नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम् म्यानेजमेन्ट र काठमान्डु एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटीका विद्यार्थी गरी नेपालबाट जम्मा १४ जनाले सहभागिता जनाएका हुन् ।

‘इन्नोभेसन–रिसर्च–एजुकेसन’ भन्ने मूल नाराका साथ आयोजित सो सम्मेलन विभिन्न शिक्षाविद्, बुद्धिजीवी, विद्यार्थी र अनुसन्धान कर्ताका लागि महत्वपूर्ण ‘नेटवर्किङ प्ल्याटफर्म’ रहेको बुडालले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा विश्व ख्यातिप्राप्त प्राध्यापकद्वारा पर्यटन क्षेत्रको समसामयिक प्रवृत्ति, चुनौती तथा अवसरका बारेमा विभिन्न प्रस्तुति तथा अन्तक्र्रिया ज्ञान र अनुभवका लागि उपयोगी थियो ।

विज्ञले युनिभर्सिटी तथा कलेजले रिसर्चमा जोड नदिई अध्यापनमा मात्रै केन्द्रित हुने प्रवृत्ति नेपाललगायत विश्वका अधिकांश पर्यटन तथा अतिथि सत्कार शैक्षिक संस्थाको कमजोरी रहेको औँल्याएका थिए ।

पाटा नेपाल च्याप्टरले पनि हङ्कङ पोलिटेक्निक युनिभर्सिटीसँगको सहकार्यमा नेपालमा मानव संशाधन विकाससम्बन्धी विभिन्न विधामा तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना लिएको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter