संविधानपछि नेपाल राष्ट्रिय विकासको नयाँ आशा र विश्वासको युगमा प्रवेश गरेको छ–उपप्रम थापा

kamal thapaकाठमाडौँ, १४ जेठ । उपप्रधानमन्त्री कमल थापाले दिगो विकासको कार्यसूची २०३० सँग मेल खानेगरी २०११–२०२० दशकका लागि कम विकसित राष्ट्रहरुको इस्तानबुल कार्ययोजनाको उच्चस्तरीय मध्यकालीन पुनरवलोकनको प्रभावकारी, पूर्ण र समयमै कार्यान्वयनमा जोड दिनुभएको छ ।

टर्कीको अन्तल्यामा आज भएको सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री थापाले यसका लागि राष्ट्रिय प्रयासहरु अन्तर्राष्ट्रिय सहयोगसँग परिपूरक हुनुपर्ने बताउनुभयो । उहाँले सो कार्ययोजनाको कार्यान्वयनका लागि नेपालले सबै प्रयास गरिरहेको र प्रगतिको सही मार्गमा गइरहेको बताउँदै नेपालमा गत वर्ष गएको भूकम्पले आठ अर्ब बढी क्षति भएकाले पुनःनिर्माणका लागि धेरै स्रोतसाधन, समय र बलियो साझेदारी आवश्यक भएको बताउनुभयो ।

नेपालले पुनःनिर्माणलाई गम्भीरतापूवर्क लिएको बताउँदै बलियो र दिगो अन्तर्राष्ट्रिय सहयोगबाट झनै राम्रो निर्माण हुनेमा विश्वस्त भएको बताउनुभयो ।

गत वर्षको भूकम्पपछि जारी भएको अधिकारयुक्त, प्रगतिशील र समावेशी संविधानपछि नेपाल राष्ट्रिय विकासको नयाँ आशा र विश्वासको युगमा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभयो । “शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र लामो राजनीतिक सङ्क्रमणपछि हाम्रो राष्ट्रिय कार्यभार विकास नै हुन पुगेको छ”–उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter