• Monday, April 21, 2025

पशुपति सङ्ग्रहालय स्थापना गरिने

Pashupati Templeकाठमाडौँ, १४ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण सामग्री सङ्कलन गरेर पशुपति सङ्ग्रहालय स्थापना गरिने भएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले रु तीन करोड उपलब्ध गराउने भएपछि पशुपतिनाथको महास्नानघरलाई जीर्णोद्वार गरी सङ्ग्रहालय बनाउने तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गत वर्ष वैशाखमै सङ्ग्रहालय स्थापनाको तयारी गरिए पनि वैशाख १२ गतेको भूकम्पले अगाडि बढ्न नसकिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । “बैंकले महास्नानघरको जीर्णोद्वार गरी सङ्ग्रहालय निर्माणका लागि रु तीन करोड सहयोग गर्ने पत्र आज कोषमा प्राप्त भएको छ, सङ्ग्रहालय निर्माण चालु आवमै सुरु गरिनेछ”– उहाँले भन्नुभयो ।

सङ्ग्रहालयमा पशुपतिका प्रस्तर मूर्तिकला, पुराना कलाकृति, तस्बिर, चित्रकला र शाकाहारी चमेनाघर पनि स्थापना गरिने कोषले जनाएको छ । मुलुकमा धार्मिक पर्यटक बस्ने समय बढाउन सङ्ग्रहालय प्रभावकारी हुने डा टन्डनले बताउनुभयो । यससम्बन्धी सम्झौता केही दिनमै हुने भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter