नयाँ संविधान : नवौँ गणतन्त्र दिवस; राष्ट्र निर्माण साझा कार्यभार बन्नुपर्ने

Republic Dayकाठमाडौँ, १४ जेठ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा गणतन्त्र दिवस मनाइँदै छ ।

जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।

राष्ट्रपतिले नवाँै गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।

विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् ।

गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । व्यस्थापिका–संसद्को शनिबारको अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

पहिलो पटक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको र यसको कार्यान्वयनका सुरु भइरहेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको उल्लेख गर्नुभएको छ ।

राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको प्रत्येक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

उहाँले अब संविधान कार्यान्वयन, समृद्धि र राष्ट्र निर्माण सब नेपालीको साझा कार्यभार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको र यसले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको सङ्घर्षबाट प्राप्त गरेका अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको र सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्धनको बाटो फराकिलो गरेको बताउनुभएको छ ।

संविधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।

भूकम्पको महाविनाश, तनाब, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका सङ्कटलाई पार गर्दै अहिले मुलुक पुनःनिर्माणमा जुटेको बताउँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकाङ्क्षालाई साकार पार्न दृढता र तीव्रताका साथ अघि बढ्नु आवश्यक भएको सन्देशमा उल्लेख छ ।

राजनीतिक शक्तिबीच एकताको खाँचो

नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधानले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री मैनालीले त्यसको कार्यान्वयनमा लोकतन्त्रका लागि सङ्घर्षरत सम्पूर्ण राजनीतिक शक्तिबीच एकताको खाँचोमा जोड दिनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter