• Friday, April 11, 2025

क्याम्पसको रकम दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

CIAAकाठमाडौँ, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार ९४१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार क्याम्पस प्रमुख जैसी र लेखापाल रावलले विभिन्न आर्थिक वर्षमा क्याम्पसमा प्राप्त भएको रकमको झुठा बिल भर्पाइ बनाई बद्नियतपूर्वक भ्रष्टाचार गरेको पाइएको छ । आयोगले भ्रष्टाचार गरेको रकम बडीमालिका क्याम्पसलाई नै दिलाउन उनीहरुबाटै असुलउपर गर्न र बिगोबमोजिम जरिवाना गर्नसमेत माग गरेको छ ।

यस्तै प्रचलित कानुन र विधिबमोजिम लेखा परीक्षकद्वय तिलकबहादुर थापा र चेतबहादुर बमले पनि क्याम्पसले तयार पारेको झुठा र बद्नियतपूर्ण बिल तथा भर्पाइलाई पुष्टि गरी गलत कामलाई प्रश्रय दिएको आयोगको ठहर छ । आयोगले आरोपी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter