सन्दर्भः विश्व सुर्तीरहित दिवस, धूमपानकै कारण प्रत्येक वर्ष पन्ध्र हजारको मृत्यु

Tobacco goodsलक्ष्मी गारु / भक्तपुर, १७ जेठ । नेपालमा बर्सेनि सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगी बनाउने सुुर्ती र धूमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक््रयाइँका कारण बर्सेनि रु १० अर्बभन्दा बढी धुवाँमा उड्ने गरेको तथ्याङ्क छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारले सालाखाला बर्सेनि रु पाँच अर्ब सुर्तीबाट कर उठाउने गर्दछ । एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा रु १५ अर्बभन्दा बढी खर्च हुने गर्छ । सरकारले गत शनिबार घोषणा गरेको आव २०७३÷७४ को बजेट वक्तव्यले चुरोटमा आठ देखि १५ प्रतिशतसम्म कर वृद्धि गरेको छ भने बिँडी र सुर्तीमा १२ प्रतिशत कर वृद्धि गरेको छ ।

डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । पुरुषमध्ये ३० प्रतिशतले चुरोट र ३८ प्रतिशतले सुर्ती (खैनी, पानपराग, गुट्खा) सेवन गर्दछन् भने महिलामध्ये नौ प्रतिशतले चुरोट र छ प्रतिशतले सुर्ती (गुुट्खा, पानपराग, खैनी) सेवन गर्दछन् ।

स्वास्थ्य अधिकार तथा सुुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरका संयोजक रत्नश्वरी चवालले नेपालका पाँच प्रतिशत गर्भवती महिला र सात प्रतिशत सुत्केरी महिलाले चुरोट पिउने गर्दछन् भने चार प्रतिशत गर्भवती महिला र छ प्रतिशत सुत्केरी महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने तथ्याङ्क रहेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा विभिन्न रोगबाट मृत्यु हुने मानिसमध्ये ५१ प्रतिशतभन्दा बढीको मृत्यु सुुुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगबाट हुने गरेको बताउनुभयो । दम, खोकी, क्यान्सर, मुुटुरोग जस्ता नसर्ने रोगको कारण सुुर्ती सेवन भएकाले यसलाई न्यूनीकरण गर्न सरकारी र जनस्तरबाट अभियान चलाउनुुपर्ने उहाँको ठम्याइ छ ।

विश्व सुर्तीरहित दिवसको सन्दर्भमा आज भक्तपुरको कमलविनायकमा जनजागरण अभियान चलाउँदै गरेकी संयोजक चवालले सुर्तीले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरकाबारेमा जनचेतना अभिवृद्धि गर्ने, पाठ्यपुस्तकमा सुर्तीजन्य पदार्थले क्षयरोग, क्यान्सरलगायत रोग लाग्दछ भन्ने सचेतनामूलक पाठलाई निरन्तरता दिई विद्यालय तहमा नै व्यवहार परिवर्तन गराउने रणनीति बनाइनुपर्ने बताउनुभयो ।

अप्रत्यक्ष धूमपान अर्थात अरुले गर्ने धूमपानबाट पनि १०० मि वरपरसम्म उत्तिकै असर गर्ने भएकाले धूमपान नगर्नेको अधिकार रक्षा गर्न जनजागरण अभियान आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुरका उपाध्यक्ष विवेकमान कर्माचार्यले ९८ प्रतिशत युवालाई र सालाखाला ९५ प्रतिशतलाई धूमपानबाट हुने हानीबारे जानकारी भए पनि उनीहरुले नै सार्वजनिक स्थलमा धूमपान गरी सबैलाई रोगी बनाइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसैले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई सरकारले प्रहरी खटाएर कानुनबमोजिम दण्ड सजाय गर्नुपर्दछ ।”

जनजागरण अभियानमा सरिक नेपाल स्काउटका पूर्वसचिव रामगोपाल कर्माचार्यले जुन देशमा लागु पदार्थ, मादक पदार्थका दुव्र्यसनी वढी हुन्छन् त्यो देशले प्रगति गर्न नसक्ने बताउँदै देशको कर्णधार र देश विकासका साझेदार युवा नै बढी लागु पदार्थको दुव्र्यसनी भइदिएपछि उनीहरुको कार्य क्षमतामा ह्रास आउने भएकाले जागरण र कारबाही अभियान सँगसँगै लानुपर्ने खाँचो औँल्याउनुभयो ।

स्वास्थ्यकर्मी धनमान श्रेष्ठले सुर्ती सेवनले प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुप बिग्रिने, छालामा चमकता हट्दै गई चाउरीपर्नेलगायत कुरा जनतालाई थाहा दिएको खण्डमा भविष्यका कर्णधार युवाको भविष्य राम्रो भई देशलाई योगदान पुग्ने बताउनुभयो ।

निष्कृय र अप्रत्यक्ष धूमपानबाट चाँडो–चाँडो सर्दी लाग्ने, मध्यकानमा सङ्क्रमण र कानेगुजी जम्ने, खोकी र श्वास बढ्ने, नाक बजाएर सास फेर्ने, निमोनिया र ब्रोङ्काइटीसको जोखिम बढ्ने, फोक्सो कमजोर हुने, दम बढ्ने भएकाले आफ्नो वरपर धूमपान गर्न दिन नहुने उहाँको सुुझाव रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter