डा रेग्मी शान्ति पुरस्कार प्राध्यापक वैद्य र जोन उडलाई

JohnWood_382x255काठमाडौँ, २५ असार । डा डिल्लीरमण रेग्मी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०७२ बाट क्रमशः प्रा डा तुलसीराम वैद्य र रुम टु रिडका संस्थापक जोन उड सम्मानित हुनुभएको छ ।

डा रेग्मी प्रतिष्ठानद्वारा स्थापना गरिएको सो राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्रसहित नगद राशि रु एक लाख रहेको छ भने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्र मात्र रहेको छ । प्रा डा वैद्यले नेपाली इतिहासको खोज, अन्वेषणमा अतुलनीय कार्य र संस्थापक उडले पुस्तकालय स्थापना गरी पठन संस्कृतिमा प्रवद्र्धन गरेबापत ती पुरस्कार उहाँहरुलाई अर्पण गरिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार उहाँहरुलाई अर्पण गर्नुभयो । संस्थापक उडको तर्फबाट सो सम्मान दिनेश श्रेष्ठले ग्रहण गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा तुलसी भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयका विकास समितिका सदस्य सचिव भोलाकुमार श्रेष्ठ तथा इतिहासविद् सत्यमोहन जोशीले रेग्मीको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही कार्यक्रममा मन्त्री पोखरेलले निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गर्नुभएको थियो । सो प्रतियोगितामा रमेश घिमिरे, हरि पौडेल र सुरेश रावल क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter