• Friday, April 11, 2025

उपत्यकाका नदी सफाइबाट बाह्र टन फोहर व्यवस्थापन

Bagmati Cleaning Campaighकाठमाडौँ, १ साउन । उपत्यकाको सभ्यताका रुपमा रहेका प्रमुख नदी सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती नदी सफाइको १६६ औँ हप्तामा आज टेकुपारिको ललितपुर क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, रेयुकाई नेपाल, ग्रीनसिटी अस्पताललगायत संस्थाका गरी ५०० भन्दा बढी सहभागी भएको अधिकार सम्पन्न बागमती समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सफाइका क्रममा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा घर÷घरमा छिरेर बागमतीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीका लागि ललितपुर उपमहानगरपालिकामा खबर गरौँ, सबैजना नदी सफाइमा सहभागी बनौँ भनी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

यसैगरी विष्णुमती सफाइको १०१ औँ हप्ताका अवसरमा टेकुदोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । टेकु दोभान आसपासका तरकारी एवम् फलफूल बजारमा आज विशेष सफाइ गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो ।

रुद्रमती नदी सफाइको १२५ औँ हप्ताका क्रममा आज रातोपुलदेखि गौशालासम्मको सडक आसपासमा सफाइ गरी कपूर, शिरिष र काँटी जातका २७५ वृक्षरोपण गरिएको रुद्रमती सरोकार समाजका रोहित गिरिले जानकारी दिनुभयो ।

सफाइमा वेलकेयर अस्पताल र वातावरण संरक्षण अभियानको पनि सक्रियता थियो । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । यसको नेतृत्व पूर्व मुख्यसचिव लीलामणि पौडेलले गर्दै आउनुभएको छ । विष्णुमती सफाइको नेतृत्व काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र रुद्रमती नदी सफाइको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्दै आउनुभएको छ ।

बागमती नदी सफाइको प्रेरणाले विष्णुमती, रुद्रमती, नख्खु खोला, गुह्येश्वरीमाथिको बागमती क्षेत्र पनि प्रत्येक हप्ताको शनिबार सफाइ गरिन थालिएको हो । आगामी शनिबार १६७ औँ हप्ताको बागमती सफाइ बल्खु पुल आसपासको क्षेत्रमा गरिने बागमती समितिले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter