राहत तथा उद्धारका लागि ७५ करोड निकासा गर्ने सरकारको निर्णय

oli-cabinet-1st-meetingकाठमाडौँ, १२ साउन । मन्त्रिपरिषद्को आजको बैठकले बाढीपीडितको तत्काल राहत तथा उद्धारका लागि रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ ।

बैठकले देशका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकको समग्र क्षतिमा दुःख व्यक्त गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को घडीमा आवश्यक उद्धार, राहत, उपचारका साथै खाद्यान्न र लत्ताकपडा जस्ता अत्यावश्यक वस्तु प्रवन्धमा सम्पूर्ण साधन स्रोतको परिचालन गरी जुट्न स्थानीय प्रशासन, सरकारी निकाय र सुरक्षा निकायलाई आह्वान गरेको छ ।

बाढी, पहिरो र डुबनाबाट घरबारविहीन भएकाहरुलाई वर्गीकरण गरी आवश्यक अनुदान उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

राहत, उद्धार, पुनःस्थापनामा जुट्ने सम्पुर्ण सुरक्षाकर्मीलाई बैठकले धन्यवाद दिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको स्वामित्वमा रहेको दुई सय बिगाहा जमिन त्रिभुवन विश्वविद्यालय मातहतमा सञ्चालन हुने शिक्षण अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय सरकारले गरेको छ । सो अस्पतालको नाम गौतमबुद्ध शिक्षण अस्पताल, रुपन्देही राख्ने निर्णयसमेत भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter