प्रभावितको उपचारमा खटिन महासङ्घको निर्देशन

Landslideकाठमाडौँ, १५ साउन । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सम्पूर्ण जनस्वास्थ्यकर्मीलाई बाढी, पहिरो र डुबान क्षेत्रका पीडितको उपचारमा खटिन निर्देशन दिएको छ ।

जनस्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष डम्बर रावलले आज एक विज्ञप्ति जारी गरेर देशभर अविरल वर्षापछि गएको बाढी, पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण दर्जनौं नागरिक तथा पशुपंक्षीको ज्यान गएको र खोजी तथा उद्धारमा भइरहेको ढिलाइले महामारी फैलिन सक्ने भन्दैै फैलिन नदिन उद्धार र पीडितको उपचारमा लाग्न देशभरका जनस्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन् ।

महासङ्घले बाढी–पहिरो र डुबानमा परी विस्थापितको तत्काल पुनर्वास गराउन, घाइतेको निःशुल्क उपचार गर्न र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

“बाढी–पहिरो र डुबानले मानिस, पशुपंछी र खाद्यवस्तु बगाएको छ । यसको खोजी कार्य र व्यवस्थापन हुन नसक्दा त्यसबाट पैदा हुने असरले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने खतरा प्रवल बन्दै गएको छ । पीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना हुन सकेको छैन”–विज्ञप्तिमा भनिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter