• Friday, April 11, 2025

आफ्ना समर्थकका साथमा डा केसी सडकमा

Protest Program of Dr. KCकाठमाडौँ, १५ साउन । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।

स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए ।

प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो । उहाँका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छाँै’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेको सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताउनुभयो । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहँुच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी गराउनुभयो ।

उहाँले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाउनुभयो ।

सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो । (तस्बिर समेत उपलब्ध छ ) रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter