प्रकाश मानवअधिकार पुरस्कार धर्मगुरु मन्जरीलाई

Prakash Awardनेपालगन्ज, १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थापना गरेको ‘प्रकाश मानवअधिकार पुरस्कार’ यस वर्ष नेपालगन्जका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीलाई प्रदान गरिएको छ ।

धार्मिक तथा जातीय सद्भावमा महत्वपूर्ण योगदान पु¥याएबापत मन्जरीलाई सो पुरस्कारबाट सम्मान गरिएको इन्सेकका क्षेत्रीय अध्यक्ष भोला महतले बताउनुभयो ।

यहाँ आज आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पुरस्कृत व्यक्तित्व मन्जरीलाई नगद रु ५० हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व मन्जरीले आपूmले प्राप्त गरेको पुरस्कारको रकम नेपालगन्जस्थित मदरसा बरकातियाको शैक्षिक सुधारका लागि त्यसका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफालाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा आयोगका अध्यक्ष शर्माले मानवतावाद नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै मानवअधिकार पनि त्यसैको जगमा उभिएको हुन्छ भन्नुभयो । समारोहमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, महासचिव रमेशचन्द्र पौडेल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरे र महिला नेत्री विजया धितालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter