• Tuesday, May 27, 2025

संसदमा एमालेले प्रधानमन्त्रीलाई बधाई दिदै भन्यो, ‘गाह्रो–साह्रो परे सम्झनुहोला’

UML party officeकाठमाडौँ, २४ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यवस्थापिका–संसद्का विभिन्न दलले बधाई दिदै संविधानको कार्यान्वयन र समयमा विभिन्न तहको निर्वाचन सम्पन्न गर्न सुझाव दिएका छन् ।

एमालेका तर्फबाट बधाई तथा शुभकामना दिँदै प्रमुख सचेतक भानुभक्त ढकालले जिम्मेवार प्रतिपक्षमा रहे पनि मुलुकको हितको विषयमा साथमा रहने जनाउँदै गाह्रो साह्रो परे सम्झिन आग्रह गरे । उनले भने, ‘नयाँ गठबन्धनको यात्रा अघि बढोस्, यसलाई हामी अप्राकृतिक भन्नेछैनौँ, गाह्रो–साह्रो परेमा हामीलाई सम्झनुहोला, सहयात्राका लागि तयार छौँ ।’

उनले सबैले मिलेर बनाएको संविधान कार्यान्वयन गर्दा पनि राष्ट्रिय सहमतिको वातावरण तयार गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रसहितको अघिल्लो सरकारले ल्याएका संविधान कार्यान्वयनको कार्यतालिका र तीन तहका निर्वाचन गराउने कामलाई प्राथमिकता दिनगर्नसमेत आग्रह गरे ।

संसद्मा नेपाली काँग्रेस तर्फबाट महेश आचार्य, नेकपा (माओवादी केन्द्र)का तर्फबाट अग्निप्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका शिवजी यादवले बधाई दिएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter