नेवि संघमा भद्रगोल, बन्दसत्रनै हुन सकेन

Nepal Student Unionकाठमाडौँ, २५ साउन । नेपाल काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको ११ आँै महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ ।

महाधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको बन्दसत्र आज अपराह्न २ बजेका लागि निर्धारित गरिए पनि शुरु हुन सकेको छैन ।

संघको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि अझै बन्द सत्रको टुंगो नलाग्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचनको विषयमा अन्योलग्रस्त बनेका छन् ।

आज दिनभरिमा प्रतिनिधि विवादको टुंगो लगाउने गरी काम भएको महाधिवेशन निर्देशक समितिका सदस्य किशोरसिंह राठौरले जानकारी दिए ।

प्रतिनिधि विवादका कारण आज बिहानदेखि गर्ने भनिएको कार्ड वितरण पनि प्रभावित भएको र प्रतिनिधिको विवाद नमिलेसम्म बन्द सत्र हुन नसक्ने नेवि संघ कार्यालयका मुख्य सचिव शिव रिमालले जानकारी दिए । रिमालले आज बन्द सत्र हुने सम्भावना न्यून रहेको बताए ।

समयमै बन्द सत्र हुनुपर्ने माग गर्दै अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा विद्यार्थीहरु नाराबाजी गरिरहेका छन् । यसअघि २०६४ सालमा चितवनमा भएको संघको १० औँ महाधिवेशन पनि प्रतिनिधि विवादका कारण लम्बिएर एक सातामा निर्वाचन भएको थियो ।

करिब तीन हजार चार सय महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसंमा विभिन्न ११ जिल्लाको प्रतिनिधिको अझै टुङ्गो लागेको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter