• Thursday, May 22, 2025

स्लाइन र पानी छाडेर आमरण अनशनमा

Ganga Mayaकाठमाडौँ, २७ साउन । छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गर्नुभएको छ ।

नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उहाँबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उहाँले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिनुभएको छ । यही साउन २१ गते उहाँले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको थियो ।

गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती आज वीर अस्पतालको क्याबिन नं ७ मा उहाँलाई भेट्न गए पनि गङ्गामायाले केही कुरा राख्नु भएन । विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उहाँका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उहाँको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ ।

विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter