• Tuesday, June 10, 2025

‘राष्ट्रिय अनुसन्धान केन्द्र’लाई सघाउँदै ‘भी–नाइन्टिन’

Mahabir Pun sharing his thoughts on education in Nepalकाठमाडौँ, २७ साउन । ‘मुलुकको समृद्धि र विकास युवाबिना सम्भव छैन’ यो उक्तिलाई साथ दिन आइपुगेका छन् युवा कलाकारको समूह ‘भी–नाइन्टिन’ ।

सन् २००७ को रामोन म्याग्सेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले निर्माण गर्न लागेको ‘राष्ट्रिय अनुसन्धान केन्द्र’को सहयोगार्थ बबरमहलस्थित नेपाल कला परिषद्मा आफ्ना कला प्रदर्शनी गरी १९ युवा कलाकारले साथ दिएका छन् ।

ललितकलाका स्नातकोत्तर तहका उनीहरुले आफूले सिर्जना गरेका चित्रकलालाई प्रदर्शनीमा राख्ने र बिक्रीबाट आएको ५० प्रतिशत रकम उक्त केन्द्रको स्थापना गर्न सहयोग गर्ने भएका छन् ।

कलाकार विकास श्रेष्ठले लगातार ३५ घन्टा शरीरभरि कालो रङ दलेर ‘नेपाललाई विद्युुत्भार कटौतीमुक्त बनाऔँ’ भन्ने सन्देशका साथ प्रस्तुति दिइरहनुभएको छ । उहाँले भित्ताभरि कालो रङले कपाल र जुरो बनाई कालो शरीरसहित विरोध प्रदर्शनी गरिरहनुभएको छ ।

कलाकार ध्रुवराज शर्माले छ महिनाका अवधिमा निर्माण गरेका चित्रलाई समाजसेवी पुनको अभियानमा साथ दिन प्रयोग गर्न पाएकामा खुसी लागेको बताउनुभयो । अर्का कलाकार सुदेशा श्रेष्ठले वसन्तपुरमा चिया गफ गर्ने क्रममा सुरु भएको उक्त सहयोग अभियानले मूर्त रुपमा लिएको बताउनुभयो ।

कलाकार अनिल महर्जन, बिकुकुमार थापा, विकास श्रेष्ठ, भुफान लिम्बू, दीपाञ्जली राजभण्डारी, दीपक मेहरा, ध्रुवराज शर्मा, काजी राना, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओमप्रकाश गुरुङ, प्रमिला लामा, रितु थापा, सुदेश श्रेष्ठ, उमा खड्का, उपकार घमाल र शोभा तिवारीका चित्र प्रदर्शनीमा छन् ।

म्याग्दी जिल्ला राम्चे गाविस–२ को नाङ्गी गाउँमा जन्मनुभएका पुनले नेपालको ग्रामीण भेगमा सूचना प्रविधि पु¥याउनुभएको छ । निजी खर्चमा उनले जिल्लाका विभिन्न दुर्गम गाउँमा इन्टरनेट÷इमेलको पहुँच पु¥याएका छन् । पुनले कलाकारले कलाको माध्यमबाट आफ्नो अभियानलाई साथ दिएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा रु १० हजारदेखि रु एक लाख मूल्यसम्म पर्ने ७० भन्दा बढी चित्र राखिएका छन् । यही सोमबारदेखि सुरु भएको उक्त प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter