बिस जिल्लाका १७५ वन मापन

community forestकाठमाडौँ, १ भदौ । वन अनुसन्धान तथा सर्वेक्षण विभागले आर्थिक वर्ष २०७२÷७३ मा तराईका २० जिल्लाको १७५ स्थानको वन मापन गरेको छ ।

विभागले तराईका २० जिल्लाको विभिन्न १७५ वनमा रहेको रूखको उचाइ, मोटाइ, नयाँ बिरुवाको अवस्था, पुरानो बिरुवाको अवस्था, कुन कुन प्रजातिको बिरुवा, गैरकाष्ट बिरुवा र माटोको कार्बनसम्बन्धी अध्ययन गरेको हो ।

विभागका उपसचिव डा राजेन्द्र केसीले मापन गर्दा गत वर्षको तुलनामा बोटबिरुवा र वनजङ्गल बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विभिन्न क्षेत्र बनाएर वनको अध्ययन गर्छाैँ अध्ययन गरेका मध्ये धेरै क्षेत्रमा वन बढेको पाइएको छ ।”

डा केसीले नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन र वनको संरक्षण तथा संवद्र्धनका लागि विभाग गम्भीर भएर लागेको बताउनुभयो । उहाँले सरकारले अनुसन्धान क्षेत्रलाई ज्यादै धेरै प्राथमिकतामा नराखेको भए पनि आफूहरु अनुसन्धानमा दृढ भएर लागेको स्पष्ट पार्नुभयो ।

विभागले हाल सुनसरी, हेटौँडा, बुटवल, सुर्खेत र धनगढी गरी पाँचवटा क्षेत्रीय स्थलगत इकाईमार्फत वनको अनुसन्धान गर्दै आएको छ । आव २०७२÷७३ मा कपिलवस्तु जिल्लामा रहेको सबै सामुदायिक तथा कबुलियती वनको अनुसन्धान र सर्वेक्षण गरिएको विभागले जनाएको छ ।

यसअघि विभागले २०६७ देखि २०७१ सालसम्म गरेको अध्ययनमा नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको तथ्याङ्क सार्वजनिक गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter