• Monday, May 26, 2025

धुर्मुस–सुन्तलीलाई प्रधानमन्त्रीको सहयोग

Dhurmus Suntaliकाठमाडौँ, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज धुर्मुस–सुन्तलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

“भूकम्पपछिको मानवीय विपत्तीलाई राहत दिन तपार्इंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपार्इंहरुको अभियानमा सँगै छु ।” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

उहाँले नमुना बस्तीको सडक निर्माणलगायतका क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै सरकार–नागरिक मिलेर पुनःनिर्माणलाई उत्साहवद्र्धक बनाउने उल्लेख गर्नुभयो ।

भेटमा धुर्मुस–सुन्तलीले पुनःनिर्माणको प्रक्रिया छिटो र प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभएको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले भन्नुभयो – “प्रधानमन्त्रीले हाम्रो अभियानमा चासो देखाएर भेटका लागि बोलाउनुभो, हाम्रो कामको प्रशंसागर्दै सहयोगको बचन दिनुभयो । यसले हामीलाई थप हौसला र प्रेरणा थपेको छ, हाम्रोतर्फबाट पनि प्रधानमन्त्रीले जनताको पक्षमा यसरी नै काम गर्दै जानुस् भन्यौँ ।”

पुनःनिर्माणको काम छिटो सम्पन्न गर्न, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केन्द्रमा जस्तै प्रभावित १४ जिल्लामा पनि सिइओ नियुक्त गरी प्रभावकारी रुपमा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको धुर्मुसले बताउनुभयो ।

उहाँका अनुसार नमुना बस्ती निर्माणको स्थलगत अवलोकन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको र जवाफमा प्रधानमन्त्रीले चाँडै भ्रमण गर्ने आश्वासन दिनुभएको छ ।

गतवर्ष वैशाख १२ को ‘गोरखा’ भूकम्प गएको चार महिनापछि नमुना बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले पहिलो चरणमा काभ्रेको डाँडागाउँस्थित पहरी बस्तीमा २० वटा घर निर्माण गरी जिम्मा लगाइसकेको छ ।

दोस्रो चरणमा गत वैशाख २९ गतेबाट सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा घर निर्माण धमाधम भइरहेको फाउन्डेसनले जनाएको छ । घर निर्माणमा धुर्मुस–सुन्तली आफँै सक्रियताका साथ लाग्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter