• Wednesday, May 28, 2025

डा केसीले सडकबाट सङ्घर्ष थाल्ने

Dr Govinda KC, health camp, Saptariकाठमाडौँ, १ भदौ । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गर्नुभएको छ ।

आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताउनुभएको छ ।

डा केसीले भन्नुभयो, “सरकारले पटक–पटक सम्झौता गर्ने तर त्यसको कार्यान्वयन नगर्ने गरेकाले सडकबाट सङ्र्घष सुरु गर्न थालेको छु ।” डा केसीले साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी हालसम्म सरकारसँग भएका आफ्ना सम्झौता र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको छ बुँदे मागपत्र बुझाउनुभएको थियो ।

आठौँ अनशनको १६औँ दिनमा साउन ९ गते सरकार र डा केसीबीच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा केसीको आरोप छ । उहाँले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वषभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर (पिजी) ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौँ उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, मेडिकल कलेज कम्पनी ऐनअनुसार दर्ता हुने प्रावधान खारेज गरी सेवामूलक ऐनअनुसार दर्ता हुनुपर्नेलगायतका माग राख्दै आठ पटक आमरण अनशन बस्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter