• Monday, April 14, 2025

मेडेपमार्फत दुई सय उद्यमी दक्ष

Women Enterpriseइलाम, ६ भदौ । आयआर्जनका माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले लघुउद्यम विकास कार्यक्रम (मेडेप)बाट यहाँ २०० जना उद्यमी तयार भएका छन् ।

उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगका युवायुवतीलाई स्वरोजगार बनाउने लक्ष्यका साथ शान्तिपुर, जोगमाई, बाँझो र इरौँटार गाविसमा सञ्चालन गरिएको कार्यक्रमबाट २०० जना उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

मल्टिपल ट्रेनिङ सेन्टर काठमाडौँले आव २०७२÷७३ मा ५०÷५० जनाका दरले उद्यमी तयार गर्ने लक्ष्य लिएर गत माघ महिनादेखि नै जिल्लामा कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमबाट दक्ष उद्यमी तयार पारिएको प्रमुख उद्योग अधिकृत नवराज राउतले बताउनुभयो ।

लघुउद्यम विकास योजना बनाई सामाजिक रूपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवा वर्गलाई केन्द्रित गरी फर्निचर, सिलाइकटाइ, ब्यूटिसियन, अदुवा खेती, हाउस वायरिङ, बुटिकजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको हो ।

स्वदेशमै बसेर स्वरोजगार बनाउने, विपन्नको आयआर्जनमा वृद्धि गरी गरिबी घटाउने, सामाजिक रूपमा पछि परेका समुदायलाई सशक्त बनाउनेलगायतका उद्देश्य राखेर सन् १९९८ देखि नेपालमा लघुउद्यम विकास कार्यक्रम (मेडेप) सुरु गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । गत आवमा लघु उद्यमी तयार गर्न रु ४६ लाख खर्च भएको थियो ।

एक सय अट्ठाइसजनालाई ग्रिनकार्ड

कृषि विकास बैंक इलाम शाखाले नियमित साँवा, ब्याज तिर्ने १२८ जना ग्राहकलाई ग्रिनकार्ड वितरण गरेको छ ।

नियमित रूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले आव २०७२÷७३ असल ग्राहक परिचयपत्र वितरण गरेको हो । इलाम नगरपालिकासहित २१ वटा गाविसमा आफ्नो कार्यक्षेत्र रहेको यस बैंकका एक हजारभन्दा बढी ग्राहकमध्ये अहिलेसम्म करिब ७०० जनालाई ग्रिनकार्ड वितरण गरिसकिएको बैंकका शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

ग्रिनकार्ड प्राप्त ग्राहकको सिफारिसमा अन्य ऋणीलाई ऋण उपलब्ध गराउनसमेत सहज हुने उहाँको भनाइ छ । ग्रिनकार्ड पाएका ग्राहकलाई बैंकले ०.५ प्रतिशतदेखि दुई प्रतिशतसम्म छुट दिँदै आउनुका साथै सहुलियतमा ऋण प्रदान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter