पेट्रोलियम पदार्थको वितरण सहज गर्न निर्देशन; मङ्गलबारदेखि सहज हुन्छ : निगम

Oil Storage Pointकाठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न भन्नुभएको हो । उहाँले भन्नुभयो, “उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।”

प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न र पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य वस्तुको सहज आपूर्ति नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको उहाँका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएकाले बजारमा अभाव हुन नदिने विश्वास दिलाउनुभएको थियो ।

मङ्गलबारदेखि सहज हुन्छ : निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको जनाउँदैम मङ्गलबारदेखि नै पम्पमा देखिएको लाइन हट्ने जनाएको छ । इन्धन अभाव हुनुपर्ने कुनै कारण नभएको निगमको भनाइ छ । पेट्रोलियम पदार्थ पाइँदैन कि भन्ने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भण्डारण गरेकाले पम्पमा लाइन देखिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा दैनिक चार लाख लि आवश्यक पर्नेमा केही दिनयता छ लाख लिभन्दा बढी पेट्रोलियम पदार्थ बिक्री गरिएको छ । निर्देशक साहका अनुसार शुक्रबार, आइतबार र सोमबार आवश्यकताभन्दा बढी मात्रामा इन्धन बजारमा पठाइएकाले मङ्गलबारदेखि लाइन हट्ने छ । शनिबार इन्धन बिक्री नगरिएकाले उपभोक्ताले अभाव हुने आशङ्काले भण्डारण गरेको निगमले अनुमान गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter