उद्यमशील महिला र व्यापार प्रवद्र्धन मेला सम्पन्न

Handicraft Goods Nepalकाठमाडौँ, ११ भदौ । महिलाले उत्पादन गरेका हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ आज सम्पन्न भएको छ ।

विजनेस एन्ड प्रोफेसनल विमेन सुनाकोठीको आयोजनामा भएको उक्त मेला ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको थियो । करिब रु २० लाखको कारोबार गर्दै मेला सम्पन्न भयो ।

प्रदर्शनीमा महिलाले उत्पादन गरेका गरगहना, खाद्यान्न, लत्ताकपडा, मैनबत्ती, गलैँचा तथा विभिन्न सामग्रीका ५० भन्दा बढी स्टल राखिएका थिए ।

संस्थाका केन्द्रीय अध्यक्ष अम्बिका श्रेष्ठले महिलालाई आर्थिकरुपमा सशक्त बनाउन हस्तकलाको निकै महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महिलाले उत्पादन गरेका वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनीले सहयोग गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय फेडरेसन अफ विजिनेस एन्ड प्रोफेसनल विमेनमा नेपालले सन् १९८५ मा सदस्यता प्राप्त गरेको थियो भने नेपालमै सन् १९७५ मा स्थापित भएर गैरनाफामूलक संस्थाका रुपमा अगाडि बढ्दै आएको छ । सन् १९९१ मा फेडरेसन अफ विजनेस एन्ड प्रोफेसनल विमेन नेपालको रुपमा दर्ता भएको भएको थियो ।

अन्तर्राष्ट्रिय फेडरेसन अफ विजनेस एन्ड प्रोफेसनल विमेनको सदस्य बनेको र सोही फडेरेसनको ८५औँ स्थापना दिवसका सन्दर्भमा प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter