हेटौँडा– ढल्केबर प्रसारण लाइन चार महिनाभित्र सम्पन्न हुने

रमेश लम्साल / काठमाडौँ, ११ भदौ । लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनElectricityरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ ।

सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि सो प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन लागेको हो ।

कुल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा नै सबैभन्दा बढी विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को यही साउन ३२ गतेको निर्णयले वन क्षेत्रको जग्गा प्रयोग एवम् रुख कटानीका लागि मार्ग प्रशस्त गरिदिएपछि आयोजनाले गति लिने अवस्था आएको हो ।

पूर्व–पश्चिम प्रसारण लाइनको राजमार्गको रुपमा लिइएको सो परियोजना सम्पन्न भएको खण्डमा कुशाहा– कटैयाबाट नेपाल आउने १२५ मेगावाट विद्युत् सहज रुपमा राजधानीलगायत प्रमुख माग क्षेत्रमा सहजै पु¥याउन सकिन्छ भने विरगन्ज– परवानीपुर प्रसारण लाइनबाट आउने विद्युत्को वितरणमा समेत सहज हुने प्राधिकरणको भनाइ छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले खिम्ती– ढल्केबर २२० केभी, हेटाँैंडा–ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केबर सव स्टेसन २२० केभीको काम आगामी मङ्सिर अन्तिम साताभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आगामी हिउँदमा भारतबाट बढी बिजुली किन्नुपर्ने हुँदा सबै काम सकेर तयारी अवस्थामा राख्न ऊर्जामन्त्री शर्माले निर्देशन मात्रै दिनुभएन तोकिएको समयमा काम पूरा नभए सम्बन्धित अधिकारी कारबाहीको भागिदार हुने समेत बताउनुभयो ।

कुल ७९२ वटा टावरमध्ये हालसम्म ४१५ वटा टावरको काम सम्पन्न भएको छ भने ३१५ टावरको काम वन क्षेत्रको जग्गा प्रयोगमा समस्या भएका कारण अगाडि बढ्न सकेको थिएन ।

ऊर्जामन्त्री शर्माले वन क्षेत्रमा पनि तत्काल टावरको फाउन्डेसन निर्माण सुरु गर्न आयोजनालाई निर्देशन दिनुभएको छ । आयोजना प्रमुख राधेशशरण महत्तोले वन क्षेत्रको जग्गा र रुख कटानीका विषयमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेका कारण टावर निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत हेटौँडा– ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण गर्न बजेटको विनियोजन भएकाले आयोजना तोकिएकै समयमै पूरा हुने आधार तयार भएको छ ।

ढल्केबरमा सव स्टेशनको काम समेत आगामी मङ्सिर महिनाको अन्तिम साता सम्पन्न हुने अवस्थामा रहेका कारण पूर्व–पश्चिम प्रसारण लाइनको रुपमा रहेको हेटाँैडा– ढल्केबर– इनरुवा प्रसारण लाइन निर्माण सम्पन्न हुने दिशामा रहेको प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैया मानन्धर बताउनुहुन्छ ।

हेटाँैडा– ढल्केबर– इनरुवा प्रसारण लाइनका ठेकेदार एसएस चौहानले वन क्षेत्रको जग्गा प्रयोगको विषयमा निर्णय भएका कारण अब आफूहरुलाई काम गर्न सहज भएको बताउनुभयो ।

“मजदुर तम्तयार अवस्थामा छन्, सामान भण्डारमा तन्दुरस्त छ । निरन्तर रुपमा काम गर्न पाए अबको एकाध महिनाभित्र प्रसारण लाइन सम्पन्न गर्न सक्छौँ”–ठेकेदार चौहानले बताउनुभयो ।

ढल्केबर– मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हिउँदसम्म २३० मेगावाट बिजुली किन्ने प्राधिकरणको योजना छ । अहिले सो प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ ।

भारतबाट आयात हुने विद्युत् केन्द्रीय प्रणालीमा जोडेर वितरण गर्न सव स्टेसन र हेटौँंडा– ढल्केबर– इनरुवा ४०० केभी लाइन बन्नुपर्ने भन्दै चर्को आवाज उठ्दै आएको थियो ।

यो प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार एआइएल एलटिवी कम्पनीले प्राधिकरणले आवश्यक सहयोग गरे समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

समथर क्षेत्रमा भएकाले कुल ३१९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अब कुनै समस्या नरहेको भए पनि प्रसारण लाइनमा हाल प्रयोग भइरहेको प्रविधिको सट्टामा नयाँ प्रविधि क्वाड प्रयोग गर्नुपर्ने आवाज उठेको छ । सो प्रविधि प्रयोग भएको खण्डमा प्राधिकरणले थप रु एक अर्ब रकम जोहो गर्नुपर्ने देखिन्छ ।

प्राधिकरणले चालु वर्षको हिउँदमा भारतबाट ६०० मेगावाटसम्म बिजुली किन्ने लक्ष्य राखेको छ । उक्त परिमाणको बिजुली आयात भएपछि ढल्केबर पूर्व र महेन्द्रनगर पश्चिम विद्युत्भार कटौती नगन्य हुने र मध्यक्षेत्रमा दैनिक सात घन्टाभन्दा बढी विद्युत कटौती नहुने प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter