द्रुतमार्ग सरकार आफैले बनाउँछ, चिन्ता नगर्नुस्– प्रधानमन्त्री

3D image of proposed Kathmandu-Tarai fast track.

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ–तराई मधेस द्रुतमार्ग कुनै पनि विदेशी कम्पनीलाई दिने सोचमा आफू नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “द्रुतमार्ग नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा केपी ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । द्रुतमार्ग विदेशी कम्पनीलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय महत्वका आयोजना सरकार आफैँले अगाडि बढाउने र त्यसमा कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय महत्वका विषयमा राष्ट्र हितविपरीत निर्णय नहुन् भन्नेमा तपाईले गराएको ध्यानाकर्षण महत्वपूर्ण छ । यहाँहरुले भनेजस्तै भ्रमणअघि नै उच्चस्तरीय सम्मेलनको आयोजना गर्न त समय पुग्दैन तर भ्रमणमा जानुअघि विज्ञ बोलाएर नीतिगत र प्राविधिक राय लिनेछु । सोही रायका आधारमा सरकारले आवश्यक निर्णय गर्नेछ ।”

प्रधानमन्त्रीले आफू धेरै बोल्नेभन्दा धेरै गर्ने ठाउँमा भएको जोड दिँदै भन्नुभयो, “अहिले धेरै भन्नु छैन, धेरै गर्नु छ । राष्ट्रिय चिन्तासहित राखेका विषयमा म गम्भीर छु । चुनौतीहरु थुप्रै छन् । मिलेर सामना गरेरमात्र यसलाई अवसरमा बदल्न सकिन्छ ।”

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई मिलाएर लानुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन राष्ट्रिय एकता सुदृढ गर्दै सबै शक्तिसँग सहकार्य गर्न जरुरी रहेकाले आफ्नो नेतृत्वको सरकारले सहकार्य गर्दा कसैसँग राष्ट्रिय हितविपरीत सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय स्रोत साधन भएर पनि गरिब हुनुपर्ने र सम्पन्न हुने नाममा राष्ट्रियतामाथि खेलबाड गर्ने दुवै प्रवृत्ति रहेको भन्दै आफू दुवै अतिवादबाट बचेर सन्तुलित ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडिए) गर्ने बेला (माओवादी केन्द्र) प्रतिपक्षमा रहेको जानकारी गराउँदै माथिल्लो कर्णालीको विषयमा माओवादी केन्द्रको असहमति रहेको जानकारी गराउनुभएको जलस्रोत क्षेत्रका जानकार डा गोपाल शिवाकोटी चिन्तनले जानकारी दिनुभयो ।

भेटमा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विज्ञ प्राडा हरि पण्डित, डा सिवाकोटी डा द्वारिकानाथ ढुङ्गेल, रत्नसंसार श्रेष्ठ, लोकबहादुर रावत, भरतबहादुर शाही, डा मङ्गल विश्वकर्मा लगायतले निजगढ–काठमाडौँ द्रुतमार्ग, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालगायतका राष्ट्रिय आयोजना नेपाली लगानीमा नै निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter