• Tuesday, April 08, 2025

तीन हजार बढीको लाइन काटियो, रु छ करोड बक्यौता उठ्यो

NEAकाठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ ।

लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, जनकपुर क्षेत्रीय कार्यालय मातहतका ५६ ग्राहकको लाइन काटिएको छ ।

विराटनगरमा रु २१ लाख ४४ हजार ९६२, काठमाडौँ रु तीन लाख ३० हजार ४७३, नेपालगन्ज रु एक लाख ८६ हजार ४४२, पोखरा रु एक लाख ३२ हजार ३००, हेटाँैडा रु ३४ लाख ४९ हजार ६२८, अत्तरिया रु १९ लाख ४९ हजार २६३, बुटवल रु १० लाख ७७ हजार ४७३, जनकपुर रु २३ लाख ३६ हजार ९५२ रकम उठ्न बाँकी रहेको छ ।

समग्रमा रु १९ करोड २५ लाख ३८ हजार ६०७ रकम उठ्न बाँकी रहेको छ । पछिल्लो पटक लाइन काट्ने अभियान सुरु भएपछि आजसम्म रु छ करोड २२ लाख सात हजार ६२७ रकम उठेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । प्राधिकरणले यही भदौ ३ गतेदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको हो ।

यस्तै प्राधिकरणले विद्युत्को महसुल नतिरेका सरकारी निकायको समेत लाइन काट्ने जनाएको छ । सरकारी निकायकै बक्यौता रकम रु दुई करोड ५९ लाख रहेको छ । प्राधिकरणले सबै सरकारी निकायलाई तत्काल महसुल तिर्न आग्रह गरिसकेको छ ।

प्राधिकरणका अनुसार महत्वपूर्ण मन्त्रालय र सरकारी निकायकै बक्यौता रकम ठूलो मात्रामा रहेका कारण पनि ताकेता गरिएको हो । करिब रु १० अर्ब रकम बक्यौता रहेका कारण प्राधिकरणको आर्थिक स्वास्थ्यसमेत नराम्ररी खस्केकाले बक्यौता असुली गर्नैपर्ने बाध्यता देखिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले बक्यौता रकम नतिर्ने जो कोहीलाई छुट नदिन र कारबाही गर्न निर्देशन दिनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter