• Tuesday, April 08, 2025

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न जैविक विविधताको महत्वपूर्ण योगदान

Climate Changeकाठमाडौँ, १४ भदौ । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जैविक विविधताको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ ।

राष्ट्रिय सहिद स्मारक गोकर्णले आज स्मारक निर्माणस्थलमा आयोजना गरेको जैविक विविधता, वन र वातावरणसम्बन्धी अन्तरक्रियामा मन्त्री जोशीले वन र वातावरणको संरक्षणमा ध्यान नदिए जलवायु परिवर्तनको असरले मानव समुदायलाई नकारात्मक प्रभाव पार्नेतर्फ सचेत गराउनुभयो ।

“जैविक विविधता, वन र वातावरण जोगाउनेतर्फ मानिसले चासो नदेखाउँदा जलवायु परिवर्तनले धेरै कुरामा प्रभाव पारेको छ, यसबाट शिक्षा लिएर बेलैमा सचेत नभए मानव जीवनलाई नै यसले सङ्कटमा पार्न सक्छ”–उहाँले भन्नुभयो ।

पूर्वमन्त्री गणेश साहले उद्यान, प्रविधि, पानी, पर्यटन र पुस्तकालयले देशलाई समृद्ध बनाउने भएकाले सबैतिर यिनको उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले सहिद स्मारकमा जैविक विविधतालाई सबै कुराको स्रोत मानेर काम गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो । यज्ञडोल (जगडोल) सामुदायिक वनमा स्मारक निर्माण भएकाले पनि वन, वातावरण र जैविक विविधतालाई महत्व दिएर काम गरिएको उहाँको भनाइ थियो ।

नेपाल सरकारले २०६४ जेठ ११ गते गोकर्णको ६५० रोपनी सामुदायिक वनमा २००७ सालदेखि पछिल्लो परिवर्तनसम्म स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको नाममा राष्ट्रिय स्मारक निर्माण गर्ने निर्णय गरेअनुसार स्मारक निर्माण कार्य भइरहेको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गत रु ४६ करोड ७१ लाखको लागतमा स्मारक निर्माण भइरहेको छ । निर्माण कार्य आव २०७४÷७५ सम्ममा सम्पन्न हुने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter