स्थानीय तहको क्षेत्र निर्धारणबारे तीन दलबीच छलफल

Parliamentकाठमाडौँ, १५ भदौ । स्थानीय तहको क्षेत्र निर्धारणका लागि साझा धारणा बनाउने सिलसिलामा प्रमुख तीन दलबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दलहरू र स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगबीच छलफल गराइने र सोही छलफलका आधारमा भदौभित्र त्यस विषयलाई टुङ्गो लगाउनेबारे कुराकानी भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

“नेकपा एमालेका अध्यक्ष र काँग्रेस सभापति मुलुक बाहिर रहेको भएपनि क्षेत्र निर्धारणबारे दलहरू र आयोगसँग कम्तीमा छलफल गर्नुपर्छ भनेर प्रधानमन्त्रीले नै बैठक आह्वान गर्नुभएको हो” – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खानालले भन्नुभयो ।

छलफलमा प्रधानमन्त्री दाहाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, काँग्रेसबाट वरिष्ठ नेता पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव र नेता विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, आजै प्रधानमन्त्री दाहालसँग स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगका प्रमुख बालानन्द पौडेलले भेट गर्नुभयो । सो अवसरमा प्रमुख पौडेलले आयोगको कार्यप्रगतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter