संस्थानले दसँैका लागि तीन हजार खसीबोका खरिद गर्ने

goatsकाठमाडौँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दसँैमा काठमाडाँैका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने बताउनुभयो ।

उहाँका अनुसार संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, नेपालगन्जस्थित अञ्चल कार्यालयबाट १५० र वीरगन्ज शाखा कार्यालयबाट ५५० खरिद गर्ने भएको छ ।

यसैगरी, खाद्य संस्थानको मुस्ताङ शाखाबाट एक हजार ५०० च्याङ्ग्रा खरिद गरिने छ । संस्थानले खसीबोका र च्याङ्ग्राको खरिदका लागि रु चार करोड ६७ लाख विनियोजन गरेको छ । कार्कीले घटस्थापनाभन्दा दुई दिनअघि ती खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने जानकारी गराउनुभयो ।

गत वर्ष मधेस आन्दोलन, नाकाबन्दीले गर्दा संस्थानले माग गरेकोभन्दा आधा कम आएको थियो । खसीबोका बजारमूल्यभन्दा प्रतिकिलो रु १० देखि २० कम मूल्यमा बेचिने बताइएको छ ।

कार्कीका अनुसार जिल्लाबाट आएका खसीबोकाको मूल्य ढुवानी खर्च कटाएर तोकिनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter