पर्यटक लोभ्याउदै हिमाली हीरक महोत्सव

Moun Everestसिबी अधिकारी / काठमाडौँ, १५ असोज । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपाली पर्वतारोहण विश्वचर्चित बन्यो । त्यसयता नेपालको पर्वतीय पर्यटन पर्यटनको मेरुदण्डकै रुपमा कहलियो । अन्नपूर्ण, मनास्लु, कबमलु, कञ्चनजङ्गाजस्ता चर्चित हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको संख्यामा आरोही आउछन् ।

नेपालमा हिमाल आरोहणको विभिन्न वर्षगाँठमा रजत, स्वर्ण र हीरक महोत्सव मनाईदै आएको छ, यसले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्न महत्वपूर्ण योगदान पुगेको छ ।

छ हिमालको हीरक महोत्सव

नेपाली हिमाल आरोहणको ६० वर्ष बढी लामो इतिहास छ, यस अवधिमा सगरमाथासहित छ वटा हिमाल हीरक महोत्सव मनाउन सफल भएका छन् । सगरमाथा, चोयु, मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सव मनाईएको छ, भने आगामी मङसिरमा मकालु र कञ्चन्जङ्गाको हीरक महोत्सव मनाईदैँछ ।

छ हिमालको स्वर्ण महोत्सव

पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका सगरमाथासहित छ वटा हिमालले स्वर्ण महोत्सव मनाईसकेका छन् । सगरमाथा, चोयु, मनास्लु, ल्होत्से, मकालु, र कञ्चनजङ्गा हिमालको स्वर्ण महोत्सव मनाईसकिएको छ ।

सगरमाथा मात्रै रजत महोत्सव

चर्चित हिमालको स्वर्ण र हीरक महोत्सव मनाईसक्दा सगरमाथाको मात्रै रजत महोत्सव मनाईएको छ ।

एनएमएको विवरण अनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गर्नुभएको छ । नेपालमा हाल (५,८००) मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व.डा हर्क गुरुङ्को अध्ययन प्रतिवेदन अनुसार (५,८००) मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् ।

यसै सन्दर्भमा विश्व चर्चित मकालु र कञ्चनजङ्घा हिमालको हीरक महोत्सव मनाउने अन्तिम तयारी भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो ।

विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव पाइला टेकेको ६०वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन लागिएको छ । सन् २०१५ मै महोत्सव मनाउनुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण पछि सरेको हो ।

विसं २०१२ जेठ १ गते फ्रान्सेली लियोनेल टेरे र जिन काउजीले मकालु हिमालको सफल आरोहण गर्नुभएको थियो । त्यस्तै जेठ ११ गते बेलायती जो ब्रिब र जर्ज ब्यान्ड ले कञ्चनजङ्घाको आरोहण गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा मकालु–कञ्चनजङ्गा हीरक महोत्सव–२०७३ मूल आयोजक समिति गठन गरिएको छ ।

मूल आयोजक समितिका सदस्य सचिव एवम् नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने बताउनुहुन्छ ।

अध्यक्ष शेर्पाका अनुसार हालसम्म मकालु हिमालको ३९१ र कञ्चनजङ्गाको ३२३ जना स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरिसकेका छन् त्यसमा सबैभन्दा बढी नेपाली र अमेरिकी नागरिक छन् ।

महोत्सवका अवसरमा ख्यातिप्राप्त विदेशी आरोही, पर्यटन तथा वातावरणविद एवम् अन्तराष्ट्रिय सञ्चारमाध्यमको पनि सहभागिता हुने हुदाँ नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter