• Thursday, May 29, 2025

निषेधको राजनीति नगर्न पूर्वराजा शाहको आग्रह

Former King Gyanendra Shah speakingकाठमाडौँ, ४ कात्तिक / पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । निषेधको राजनीतिले विद्रोहको भावना उत्पन्न हुने हुँदा सबैको भावनालाई एकताबद्ध गर्न उनले सुझाव दिए ।

‘अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलन’ को राजधानीमा शुभारम्भ गर्दै पूर्वराजा शाहले सवैलाई एकतावद्ध गर्न सुझाव दिएका हुन् । उनले अनादिकालदेखि चल्दै आएको हिन्दू सनातन धर्ममा सामाजिक सद्भाव, एकता, सहिष्णुताको भावना रहेकाले यस्तो संस्कृति तथा सभ्यताको संरक्षण गर्नुपर्ने बताए ।

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, भारतलगायत मुलुकबाट हिन्दू धर्मका अनुयायी तथा साधुसन्त, महन्त, विद्वान् लगायतको सहभागिता छ ।

उनले नेपाल सनातन हिन्दू तथा बौद्ध धर्मको उद्गमस्थल भए पनि जैन, किरात लगायत धर्मावलम्बीको समेत प्रभाव रहेको विचार व्यक्त गरे ।

कार्यक्रमका संयोजक भरतकेशरी सिंह, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमजङ्ग कार्की, जगत्गुरु शङ्काराचार्य, नेपाली बाबा, बालसन्त गुरु श्रीनिवास, आदित्यनाथ श्रीमहाराज लगायतले आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा विश्वको प्राचीन ऐतिहासिक धर्मका रुपमा हिन्दू धर्मका विशेषताका बारेमा चर्चा गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter