• Thursday, June 12, 2025

कपिलवस्तुमा दश हजार हेक्टर वन अतिक्रमण

community forestकपिलवस्तु, ५ कात्तिक । कपिलवस्तुमा १० हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने प्रावधान भएपनि कपिलवस्तुमा बर्सेनि वन अतिक्रमणको क्रम बढ्दो छ ।

जिल्लाको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिँगेलगायतका स्थानमा सबैभन्दा बढी वन अतिक्रमणमा परेको छ । आव २०७२-७३ मा ६ सय २७ हेक्टर क्षेत्रफल मात्र वन अतिक्रमण हटाउन सफल भएको जिल्ला वन कार्यलयका उपसचिव कृष्ण न्यौपानेले बताए । द्वन्द्वको समयमा सबैभन्दा बढी वन अतिक्रमण भएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यसैबीच जिल्ला वन कार्यालय कपिलवस्तुले जिल्लाको विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाइएका पाँच सय ७८ घर टहरा हटाएको बताएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter