• Monday, June 16, 2025

अब सौर्यबत्तिले काठमाडौँका मुख्य सडक झिलिमिली हुने

Solar lightकाठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरिसकेका छन् ।

सम्झौतानुसार कम्पनीले एक वर्षभित्र महानगरका विभिन्न क्षेत्रमा सौर्यबत्ती जडान गरिसक्नुपर्नेछ । केही समयअघि सौर्यबत्ती जडानका लागि कामपाले आवेदन मागेको र जडानका लागि १५ कम्पनीले आवेदन दिएकामा विके ट्रेडर्स छानिएको हो ।

काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ सो कार्यक्रम अगाडि बढाइएको तामाङले जानकारी दिए । उक्त सुविधा जनताले बिनालगानी पाउने छन् । एउटा खम्बाका लागि रु एक लाख ५० हजार लाग्ने महानगरका खरिद एकाइ प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

सौर्यबत्ती जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै बेहोर्ने छ । निर्माणका लागि जिम्मा पाएको कम्पनीले खम्बामा विज्ञापन राखेर आम्दानी गर्ने छ । खम्बामा विज्ञापन राखेपछि कम्पनीले कामपालाई वार्षिक रुपमा विज्ञापन कर बुझाउनुपर्छ ।

प्रत्येक वर्ष पाँच प्रतिशतका दरले बढ्ने सहमतिका साथ कम्पनीले एउटा खम्बाको वार्षिक आठ हजार ७०० रोयल्टी बुझाउनुपर्ने छ । स्वीकृत प्रस्तावले एक वर्षको निर्माण अवधि बाहेक १० वर्षपछि सो सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ ।

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्की, त्रिपुरेश्वरदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म पहिलो खण्डमा ४०० बत्ती राखिने छ ।

त्यस्तै दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौँ प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा राखिने छ । तेस्रो खण्डमा ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली र डिल्लीबजार पुतली सडकमा जोडिने बताइएको छ । सो खण्डमा ३०० सौर्य बत्ती जडान गरिने प्रमुख तामाङले जानकारी दिए ।

त्यसैगरी पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गल चोकसम्म महानगरले पहिचान गरेको तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने जानकारी कामपाले दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter