• Monday, April 14, 2025

पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै

happy-girlsकाठमाडौँ, ६ कात्तिक । पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत शनिबार विभिन्न जिल्लाबाट आएका बालिकाले आफूभित्र रहेको प्रतिभा प्रस्तुत गरेका छन् । उनीहरुले चित्रकला, नृत्य, गायन, कवितावाचन, हाजिरीजवाफलगायतका प्रतिभा प्रस्तुत गरिरहेकी छिन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा शुक्रवारदेखि सुरु भएको उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ । यस वर्ष दिवसको मुख्य विषय बालविवाह अन्त्य रहेको छ ।

नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिएपनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले बताए। उनले भने–‘किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न संवैधानिक, नीतिगत, कानुनी र संरचनागत आधार तय भइसकेको र किशोरकिशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना समेत कार्यान्वयनमा आएको हुँदा बालविवाह अन्त्यका लागि यसले प्रभावकारी भूमिका निर्वाह गर्छ ।’

सन् २०३० सम्म नेपालवाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी भएको सचिव लम्सालले बताए । हरेक वर्ष अक्टोबर ११ का दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाइने भए पनि यो वर्ष उक्त समय नेपालमा दसै परेकाले यो दिवस शुक्रबारदेखि तीन दिन सम्म भव्यताकासाथ मनाइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter