पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको मृत्यु

junko-tabeiकाठमाडौं, ६ कात्तिक । लामो समयदेखि क्यान्सर राेगबाट पीडित पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको निधन भएको छ । उनले सन् १९७५ मे १६ मा २० दिन लगाएर सर्वौच्च शिखर सगरमाथामा पाइलमा टेक्न सफल भएकी थिइन् ।

साइतामा राज्यको क्यान्सर अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको जापानी सञ्चार माध्यमले जनाएको छ । सोवा उमन्स विश्वविद्यालयबाट अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी तावेको दुई सन्तान रहेका छन् । उनलाई तत्कालिन राजा विरेन्द्रले गोर्खा दक्षिण वाहु पदकले सम्मान समेत गरेका थिए । ७७ वर्षिय तावेईको जापानमा निधन भएको छ ।

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले जानकारी दिए । नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए ।

त्यसैगरी, जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter